सर्लाहीको मतदान स्थल नजिकै शक्तिशाली बम

सर्लाहीको हरिपूर्वा नगरपालिका वडा नंं. १ मा वडाध्यक्षका लागि भइरहेको उपनिर्वाचन को मतदान स्थल नजिक शक्तिशाली बम फेला परेको छ ।

मतदान स्थल रहेको वडा नंं. १ को कार्यालय बाट करिब साढे ३ सय मिटर उत्तर पानीखाने लोटा भित्र बम फेला परेको हो । लोटाबाट तार निकालेर मोबाईलमा जोडिएको अबस्थामा बम फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
मोबाईलमा बिष्फोट हुने समय बिहान ८ बजेर ५ मिनेट समेत मिलाईएको प्रहरीले जनाएको छ ।
बिहान स्थानियले सो बम देखे पछि प्रहरीलाई खबर गरे पछि नेपाली सेना रणशेर गणबाट आएको बम डिस्पोजल टोलीले बम निष्कृय पारेका थिए । उक्त बम उप निर्वाचन बिथोल्न राती नै राखिएको अनुमान गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *