युवाहरुलाई उत्पादन क्षेत्रमा लगाउन सके मात्रै मुलुक समृद्ध हुने – मन्त्रि यादव

काठमाडौं, ५ मंसिर ।
नेपालका कोही पनि युवायुवतीलाई श्रमकोलागि विदेश जान नपर्नेगरि काम गर्ने नवनियुक्त श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले विश्वास दिलाउनु भएकोछ ।
मन्त्री यादवले नेपाली युवा जनशक्तिलाई देशको समृद्धिमा लगाउने तयारीका साथ सकभर दक्ष जनशक्तिलाई स्वदेशमै रोजगारी सिर्जना गराई आगामी दिनमा नेपाली युवायुवती रोजगारीको लागि विदेश जान नपर्ने वातावरण बनाउने बताउनुभयो ।
उहाँले अहिलेको परिस्थितिमा देश धान्ने ठुलो श्रोत रेमिट्यान्स रहेता पनि युवाशक्तिलाई स्वदेशमै ब्यबस्थापन गरेर बढी भन्दा बढी उत्पादन क्षेत्र लगाउन सके मुलुक समृद्ध हुने बिश्वास समेत ब्यक्त गर्नुभयो ।
मन्त्रि यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले आफु माथि बिश्वास गरी श्रम रोजगार तथा सामाजिक सुरक्षा जस्तो महत्वपुर्ण जिम्मेबारी दिनुभएको धन्यवाद दिदैै आफ्नो भूमिकामा खरो उत्रिने पनि विश्वास दिलाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *