नमुना बन्दै ब्रहमपुरीका बिद्यालय

सर्लाही,२८ कार्तिक । सर्लाही ब्रहमपुरी गाउँपालिकाका एक प्राथमिक बिद्यालय यस जिल्लाका नमुना बिद्यालय बन्दै गइरहेकोछ । ब्रहमपुरी गाउँपालिकामा रहेका श्री राम विलास नमूना प्राथमिक विद्यालय बिस्तारै नमुना बन्दैछ । राम्रो ब्यबस्थापन , दिवा खाजाले बालबालिकाहरुको बिद्यालय प्रति आकर्षण बढदै गइरहेकोछ । सङ्घीय सरकारले आ.व. २०७५÷७६ देखि प्राथमिक विद्यालयमा शिशु कक्षादेखि ५ कक्षासम्मका बालबालिकालाई विद्यालयतर्फ आकर्षित गर्न दिवा खाजा कार्यक्रम लागू गरेपछि सर्लाही ब्रहम्पूरी गाउँपालिका –२ स्थित रहेको श्री राम विलास नमूना प्राथमिक विद्यालयमा बालबालिकाहरुको सङ्ख्या बढ्दै गएको छ ।

अधिकांश स्थानीय तहका सामुदायिक विद्यालयहरुमा विद्यार्थी संख्या घट्दै गएको अवस्थामा यस विद्यालयमा गुणस्तरीय दिवा खाजा तथा राम्रो ब्यबस्थापन, अनुसाशन तथा बिद्यार्थी मैत्री बाताबरणले गर्दा विद्यार्थीहरुको संख्या बढदै गइरहेकोछ । पहिला खाजा खान घरमा गएका विद्यार्थीहरू फर्किँदैन थिए । अभिभावकहरु मेलापात र रोजगारीमा जाँदा दिउँसो घरमा शून्य हुने भएकाले विद्यार्थीहरू विद्यालय आसपासमा रहेका बगैचामा खेलेर बस्थे । कक्षा सञ्चालन भइसक्दा पनि उनीहरू विद्यालयमा नफर्किँदा दिउँसोको २ बजे नै ४ बजेपछिको छुटी हुन्थ्यो । तर, अहिले विद्यालयको वातावरण फेरिएको प्रधानाध्यापक जयरुद्र मिश्रले बताउनुहुन्छ । विद्यालयमा ४ बजेसम्म सबै विद्यार्थीहरु बस्छन । विद्यालयको वातावरणमा परिवर्तन आएको छ , पहिला भोका बिद्यार्थीहरु कतिखेर मध्यान्तर होला र खान जाउला भन्ने हुन्थ्यो तर विद्यार्थीलाई दिइने दिवा खाजाले सो अवस्थामा निकै परिवर्तन ल्याएको बताउदै यसले बिद्यालयको बाताबरण लगायत शिक्षाकै अवस्था फेरीएको प्रधानाध्यापक मिश्रले बताउनुभयो ।आफू २०७३ साल बैशाखमा आउदा यस बिद्यालयको अवस्था निकै नै नाजुक रहेको सम्झदै जम्मा ४२ हजार आन्तरीक आय श्रोत भएको बिद्यालयलाई बाल संरक्ष्ाँण सस्था तथा गाउँपालिको सहयोग तथा हाम्रो लगन र टिम वर्कका कारण नै बिद्यालय आज नमुना बन्दै गईरहेकोछ । आज यस बिद्यालयमा ६४३ बिद्यार्थी रहेकोमा दैनिक ५०० बिद्यार्थी उपस्थित रहने गरेको सबै आ आफना स्कुल डेसमा तथा सफासुग्घर भई नियमित बिद्यालय आउने गरेको जानकारी गराउदै प्रधानाध्यापक मिश्रले यस्तै नमुना बिद्यालयहरु जिल्लामा बढदै गए भबिष्यमा सामुदायिक बिद्यालय प्रति घटदै गएको बिश्वास पुनः फर्किने बिश्वास समेत ब्यक्त गर्नुभयो ।


स्थानीय अभिभावक राम एकवाल यादव विद्यालयमै गुणस्तरीय खाजा उपलब्ध गराएपछि विद्यालय समयसम्मै विद्यार्थीहरु बस्ने गरेको बताए तर बिद्याथीहरुलाई दिइने खाजाको रकम ज्यादै न्यून रहेकोले यसलाई बढाउन सम्बन्धित निकायलाई आग्रह समेत गर्नुभयो ।


श्री राम विलास नमूना प्राथमिक विद्यालयमामा दैनिक २ पटक हाजिरी अनिवार्य गरीएको छ । यसले शिक्षक तथा बिद्यार्थीलाई कक्षामा नियमित हुन वाध्य बनाएको छ । सरसफाई र हरियाली बाताबरण , विद्यालय वाटिका तथा वृक्षारोपण कार्यक्रमले पनि विद्यार्थी र अभिभावकमा यस विद्यालयप्रतिको विश्वास र आकर्षण बढाएको स्थानीय बताउछन् ।


गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रम र वजेटमा शिक्षालाई पहिलो प्राथमिकतामा राखेर दिवा खाजा कार्यक्रमको लागी दिवा खाजालाई ठेक्का लगाएसगंै ठेकेदार बिनोद मिश्राले प्रशंसनिय र सन्तुष्टिपूर्वक जिम्मेवारी वहन गरेकोले विद्यालयमा विद्यार्थी संख्या बृद्धि भएको गाउँपालिका प्रमुख बिनोद साहले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *