आर्थिक समृद्धि बिना मुलुकको बिकास हुन नसक्ने- मन्त्रि महासेठ

आर्थिक समृद्धि बिना मुलुकको बिकास हुन नसक्ने भौतिक पुर्वाधार तथा यातायात मन्त्रि रघुबिर महासेठले बतानुभयो । सर्लाहीको चक्रघटा गाउँपालिका वडा नं. ४ सुन्दरपुरमा इस्लाम धर्मका पैगम्बर हजरत मुहमदको १४९४औ जन्मदिनको उपलक्ष्यमा नेपाल कम्युनिष्ट पार्टी सर्लाहीले आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गदै मन्त्रि महासेठले अबको आठ बर्ष भित्र मुलुकको आर्थिक बृद्धिदर दुई अकंले बढाउने लक्ष्य बर्तमान सरकारले राखेको स्पष्ट पार्नुभयो ।

मन्त्रि महासेठले बर्तमान सरकारले मुलुकलाई अग्रगमन तर्फ लैजान मुलुकको बिकासमा जोड दिनु पर्ने बताउदै बिकास निमार्णको कार्यमा सबैलाई सहयोग गर्न आग्रह समेत गर्नुभयो । उहाँले नेपाल बहुभाषिक, बहुधार्मिक तथा बहुसाँस्कृतिक मुलुक रहेकोले यहाँ सबै धर्मालम्बीहरुको समान अधिकार रहेको टिप्पणी गर्दै सबै धर्मको बिकासकालागि सरकार लागि परेको जानकारी समेत गराउनुभयो ।
सर्लाहीको बिकास तथा समृद्धिकालागि नेपाल कम्युनिष्ट पार्टीका नेताहरुलाई ठोस गुरुयोजना बनाएर अगाडी बढन सुझाव दिदै जनताले यो सरकारलाई बिश्वास गरेरै सबै भन्दा बढी मत दिएकाले मतको कदर गर्दै जनताको बिकासको आकांक्षा पुरा गदै अगामी निर्वाचनमा नेकपाले दुई तिहाई भन्दा बढी मत ल्याउने बिश्वास ब्यक्त गर्नुभयो ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दे पुर्व मन्त्रि तथा प्रतिनिधि सभा सदस्य रामेश्वर रायले सर्लाहीको चक्रघटा गाउपालिकाको सुन्दपुरलाई साच्चिकै सुन्दर बनाउन स्थानिय सरकार सक्रियताका साथ चासो लिनु पर्ने बताउदै उहाँले सुन्दरपुरको बिकासकालागि लखनदेई खोलामा सुन्दरपुर र सुखचैना जोडन पुल निमार्ण आवश्य रहेकोले सम्बन्धि मन्त्रिको ध्यानाकर्षण गराउनुभयो साथै मुस्लिम समुदायमा शिक्षाका कमि रहेकाले यहाँ रहेका मदरसाको स्तरनोन्ति गर्न आफु सक्दो सहायोग गर्ने बाचा गर्दै सुन्दरपुरमै रहेको कर्वगाहलाई आफनो संसदीय बिकासको बजेटबाट यही बर्ष माटो पुर्न बजेट बिनियोजन गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।
शुभकामना आदान प्रदान कार्यक्रममा चक्रघटा गाउँपालिकाका अध्यक्ष बिक्रम यादव मुस्लिम धर्मका नौ बटा मुलमन्त्रका बारे ब्याख्या गरेका थिए भने मुस्लिम आयोगका अध्क्षय समिम मियाँ अन्सारीले मुस्लिम समुदायमा एकता नभएकैले पछाडि परेका टिप्पणी गर्दै मुस्लिम समुदायले अब मदरसा शिक्षासँगै आधुनिक शिक्षा प्रणालीलाई अगाल्नु पर्ने बताउनुभयो ।
शुभकामना आदान प्रदान कार्यक्रम अब्बुल हसन नुरीको अध्यक्षता भएको थियो भने कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष रेवति पन्त , नेता दाचाराज वाग्ले ,नेता राजनारायण साह लगायतका नेताले आआफना मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन बिदुर पोखरेलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *