तीन क्रसर उद्योग बन्द

२२ कात्तिक / जनकपुरधाम /
मापदण्ड विपरीत सञ्चालन रहेको धनुषाका तीन क्रसर उद्योग बन्द गरिएको छ । जिल्ला समनव्य समिति धनुषाले बिहीबार अनुगमन गर्दै मापदण्ड विपरीत रहेको नगरपालिकाका तीन क्रसर उद्योग बन्द गरेको हो । मापदण्ड विपरीत सञ्चालित रहेको धनेश्वर वालुवा एण्ड क्रर उद्योग , सुमित क्रसर उद्योग र सिदार्थ क्रसर उोग बन्द गरिएको धनुषाका उपसभापती दिपक झाले बताएका छन् । अवैद्य रुपमा बालुवा तथा गिट्टी उत्खनन् गर्नुको साथै कागजातहरु अनुगमन कर्तालाई नदेखाएपछि बन्द गरेको उपसभापती झाले बताए ।

‘दार्ता बाहेक अन्य कागजात उनीहरुले देखाउन सकेनन् । कमीकमजोरीहरु सुधार गर्न र्निदेशन दिएको छु । समयमा प्रकृया पुरा भएनन भने कारवाही अगाडी बढाउछु ।’ मापदण्ड विपरीत दर्जनौ उद्योग सञ्चालन रहेको गुनासोका सामु निरिह तीनै तहको सरकालाई क्रसर उद्योगीले अर्को चूनौतीदिएको छ ।

राजनीतिकदलका नेताकार्यकर्ता देखि ठुलठुला ठेकेदारहरुले बिना दर्ता नै सञ्चालनमा रहे पनि नियमनकारी निकाय मौन रहेको देखिएको छ । अवैद्य रुपमाप्रत्येक वर्ष बालुवागिट्टीको उत्खनन्बाट बाढीले गाउँका गाउँप्रभावित भए पनि कुनै सामाधान दिन नसकेको तिनै तहको सरकारको सामुन्ने बिना दर्ताका क्रसर उद्योगहरु सञ्चालन गरिए पनि नियमनकारी निकाय मुखदर्शक बनेको हो ।,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

Leave a Reply

Your email address will not be published. Required fields are marked *