मोटरसाइकल दुर्घटना हुदा १ जनाको मृत्यु, १ घाइते

अनिता साह
२२ कात्तिक / सर्लाही /
सर्लाहीको राजघाटमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । बिहीबार दिउसो १ बजेको समयमा हरकठवाबाट कर्मैयातर्फ जादै गरेको ना ६४ प ८५०३ नम्वरको मोटरसाइकल बैल गाँठामा ठोकिँदा चालक धनकौल गाउँपालिका–२, का १७ वर्षीय परमानन्द महतोको मृत्यु भएको हो । बागमती नगरपालिका–५, राजघाट सोह्रघरे टोलमा भएको दुर्घटनामा गम्भीर घाईते भएका महतोको उपचारका क्रममा नमूना अस्पताल हरिवनमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ । सोही मोटरसाइकल पछाडि सवार धनकौल गाउँपालिका–२, कै २८ वर्षीय अरबिन्दकुमार महतो घाईते भएका छन् । सामान्य घाईते महतोको नमूना अस्पताल हरिवनमै उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *