वेष्ट इन्डिजबाट अफगानिस्तान सात विकेटले पराजित

२१ कात्तिक / काठमाडौं /
तीन खेलको एकदिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा अफगानिस्तानमाथि वेष्ट इन्डिजले जित हात पारेको छ । आज भएको खेलमा १९५ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको वेष्ट इन्डिजले ४६.३ ओभरमा मात्र तीन विकेटको क्षतिमा लक्ष्य भेटाएको थियो ।


खेलमा वेष्ट इन्डिजका लागि रोस्टन चसीले ९४ रन बनाए । यस्तै साइ होप ७७ रनमा अविजित रहे । अफगानिस्तानका लागि मुजिब उर रहमानले दुई विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४५.२ ओभरमा सबै विकेटको क्षतिमा १९४ रन मात्रै बनाएको थियो ।

अफगानिस्तानका लागि रहमत शाहले ६१, इक्रम अलिखिलले ५८ र अस्घर अफगानले ३५ रन बनाउन बाहेक अन्य खेलाडी सस्तैमा समेटिएका थिए । बलिङतर्फ वेष्ट इन्डिजका ज्यासन होल्डर, रोमारियो शेर्फड र रोस्टन चसीले समान २(२ विकेट लिएका थिए ।,

Leave a Reply

Your email address will not be published. Required fields are marked *