प्रदेश २ प्रमुख परियारले आफु कमयुनिष्ट नरहेको

२१ कात्तिक / जनकपुरधाम /
नवनियुक्त प्रदेश २ प्रमुख तिलक परियारले प्रदेश सरकारसँग छलफल तथा सरसल्लाह गरी इमान्दारिताका साथ काम गर्ने बताउदै आँफु कमयुनिष्ट नरहेको बताएका छन् । जनकपुरस्थित मधेस भवनमा रहेको प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहणपश्चात संचारकर्मीसँगको जिज्ञासामा परियारले त्यस्तो बताएको हुन् । सबैभन्दा पहिले मुख्यमन्त्रीसँग छलफल गरी कार्य अगाडि बढाउने उनले बताए । परियारले आफ्नो पद कार्यकारी नरहेको भन्दै प्रदेश सरकारलाई सरसल्लाह तथा सुझाव मात्र दिने अधिकार आफनो रहेको बताए ।

‘मेरो पद भनेको कार्यकारी होइन’, प्रदेश प्रमुख परियारले भने, ‘यहाँ काम गर्ने भनेको मुख्यमन्त्रीले नै हो । मैले आवश्वयक पर्ने ठाउँमा सल्लाह तथा सुझाव मात्र दिन्छु । उनले प्रदेश प्रमुखको शपथ लिइसकेपछि पार्टीको नभएर राष्ट्रको मान्छे भएको बताए । उनले यहाँ फरक दलको सरकार रहे पनि केही समस्या हुनेमा शंका नगर्न सबै जनसमुदायसँग आग्रह गरे । पदमा रहेसम्म शान्ति र समृद्धिका लागि काम गर्ने पनि उनले बताए । प्रमुख परियाले आफू प्रदेश सरकारको विधेयकहरू अध्ययन गर्ने र संविधान सम्मत भए मात्र प्रमाणीकरण गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *