आज उपनिर्वाचनको मनोनयन दर्ता

२१ कात्तिक / बिहीबार /
प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनको लागि आज मनोनयन दर्ता हुदैछ । मंसिर १४ गते हुने उपनिर्वाचनको लागि बिहीबार मनोनयन दर्ता हुन लागेको हो । त्यसैगरी स्थानीय तहको मनोनयन दर्ता भने कात्तिक २७ गते तोकिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारको मनोनयन दर्ता बिहीबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म तोकिएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारहरूले सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराउन सक्नेछन् । मनोनयन दर्तापछि बिहीबारै दिउँसो साढे १ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ता गराएका उम्मेदवारहरूको सूची प्रकाशित हुनेछ । भोलिपल्ट शुक्रबार बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारहरूविरुद्ध उजुरी दिने समय निर्धारण गरिएको छ । २३ गते दिउँसो साढे १ बजेसम्म उजुरीउपर जाँचबुझ गरी सोही दिन दिउँसो ३ बजेदेखि पाँच बजेसम्म उम्मेदवारहरूको नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ ।

कुनै उम्मेदवारहरूले नाम फिर्ता लिन चाहे २४ गते बिहान १० बजेदेखि १ बजेसम्मको समय निर्धारण गरिएको छ । त्यसपछि सोही दिन ३ बजेदेखि पाँच बजेसम्म उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशत गर्ने कार्यक्रम छ । २५ गते बिहान ११ बजेदेखि अपराह्न चार बजेसम्म आयोगले उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *