खेत-खेतमा सिचांई र घर-घरमा घारा अभियानको शुरुवात

सर्लाही /सर्लाही निर्वाचन क्षेत्र नंं.३ का प्रतिनिधि सभासदस्य रामेश्वर राय यादवले आफनो निर्वाचन क्षेत्र भित्र कृषिलाई आधुनिकिकरण गर्न र ब्यवसायिक बनाउन खेत-खेतमा सिचांई अभियानको शुरुवात गरेकाछन् ।
यस क्षेत्रका जनताले स्वच्छ तथा सफापानि पिउने उदेश्यले घर-घरमा धारा जडान समेत गरीने भएको छ ।
लक्ष्मी पूजाको अवसरमा आयोजित एक कार्यक्रमका बिच सांसद यादवले खेत खेत सिचांई र घरघरमा धारा भने अभियानको शुरुवातको योजना सार्वजनिक गरेका हुन् ।
प्रतिनिधि सभा सदस्य रायले सांसद विकास कोषको रकम यसपटक आफ्नो निर्वाचन क्षेत्रमा किसान र कृषि केन्द्रीत योजनामा खर्च गरीने बताउदै यस क्षेत्रको कृषिलाई व्यवसायिक र आधुनिकिकरण बनाउनका लागि किसानहरुको खेतमा नियमित रुपमा सिँचाई हुने र यस क्षेत्रका जनताले स्वच्छ खानेपानीका लागि यो अभियानकै रुप लागु गरीेने बताउनुभयो ।
प्रतिनिधि सभा सदस्य रायले तराई–मधेसको उर्वर भूमि मुलुकको अन्न भण्डार रहेकोले यसलाई व्यावसायिक रूपमा अघि बढाउन सके यस क्षेत्रमात्र नभएर प्रदेश २ नै सम्पन्न जिकिर गर्नुभयो । साथै उहाँले यसबाट तराई–मधेशलाई मात्र नभएर सिंगो मुलुकले समेत कृषि उत्पादनको निकासीको लाभ लिन सक्ने बताउनुभयो ।

निर्वाचन क्षेत्र नं. ३ का सासंद रामेश्वर रायले खेत-खेतमा सिचांई र घर-घरमा धारा अभियानमा आर्थिक वर्ष ०७६/०७७ को ६ करोड विकास बजेट आफ्नो क्षेत्रको किसानहरूको खेतमा नियमित रूपमा सिँचाई हुने पूर्वाधार विकासमा खर्च गर्ने योजना बनाई बजेट खर्चिने बताउदै उहाँले यस सम्बन्धमा सिँचाईको पूर्वाधार सम्वृद्धीको प्रमुख आधार’ भनि मुख्य नाराको साथ आफ्नो चुनावी क्षेत्रको ७ वटा स्थानीय संरचनाका सरकारहरूसँग यसको विषयमा प्रारम्भिक छलफल समेत अगाडी बढाइ सकिएको जानकारी समेत दिनुभयो ।

One thought on “खेत-खेतमा सिचांई र घर-घरमा घारा अभियानको शुरुवात

  • November 1, 2019 at 3:14 am
    Permalink

    प्रिय रामेसवोर , यो समाचार र तपाइको करिसि बिकास र जनता को स्वास्थ्य को लागी घर घर माँ खाने पानी को बेबस्ता गरने अठोट पढ़दा सरइ खूसी लाग्यो । तर केंद्रीय सरकार को आस्वासन जसतो नभेअर अबस्य रामेसवोर ले बोलेको बचन पूरा हुँचह भंने बिस्वास गर्दाछु !

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *