दीपावली गर्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु

११ कात्तिक / सोमबार /
दीपावली गर्ने क्रममा १ जनाको मृत्यु भएको छ । आइतबार साँझ झिलीमिली बत्ती बाल्न तार जोडने गर्ने क्रममा जनकपुर उपमहानगरपालिका २१ निवासी १५ वर्षीय किशोर खगेन्द्र साहको मृत्यु भएको महोत्तरी जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

टिकुलिया बजारस्थित जयमहाराजा ज्वेलर्स (सुनचाँदी पसल) मा झिलीमिली बत्ती जडान गर्ने क्रममा उनको मृत्यु भएको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए । उक्त बत्ती जडान गर्ने क्रममा मुख्यपोलको तारबाट प्रवाह भएको विद्युतीय झट्काले साहको घटनास्थलमै मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *