गोली हानी हत्या गरेको अभियोगमा १ जना पक्राउ

६ कात्तिक / जनकपुरधाम /
गोली हानी हत्या गरेको अभियोगमा १ जना पक्राउ परेको छ । हत्या भएकोमा जनकपुर उपमहानगरपालिका–१४ स्थित विद्युत् प्राधिकरणनजिकै मनोज साहको गोली हानी हत्या भएको थिए । सो हत्या अभियोगमा प्रहरीले पंकज चौधरीलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय धनुषाले साहको हत्या अभियोगमा चौधरी पक्राउ परेको पुष्टि गर्दै उनको साथबाट १ थान कटुवा पेस्तोल बरामद गरेको जनाएको छ । प्रहरीले अहिले चौधरीबारे थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *