१२ वर्ष अघि बमकाण्डका आरोपमा पक्राउ परेका सांसद् आलमको म्याद सात दिन थप

२८ असोज / रौतहट /
रौतहट क्षेत्र नं. २ का सांसद् तथा पूर्व मन्त्री मोहम्मद आफ्ताब आलमको म्याद सात दिन थप गरेको छ । राजपुरमा भएको बमकाण्डमा संलगन रहेको आरोपमा पक्राउ परेको आलमलाई म्याद ७ दिन थप गरेको छ । आलमका अनुसन्धानका लागि प्रहरीले थप समय मागेपछि जिल्ला अदालत रौतहटका न्यायाधीशका चित्रबहादुर गुरुङ्गको इजलासले कात्तिक ३ गते सम्म अनुसन्धान गर्नका लागी प्रहरीलाई म्याद दिइएको होे ।

०६४ चैत २७ गते राजपुरमा बम विस्फोट गराएको अभियोगमा गएको आइतबार प्रहरीले उनलाई इद्रिस गेटनजिकैबाट पक्राउ गरेको थियो । निकै कडा सुरक्षा व्यवस्थाबीच अदालत ल्याइएका आलमले न्यायाधीशसामु सो घटनाको मुद्दा ०६५ मै नचल्ने निर्णय भएको र अहिले आफूलाई सोही मुद्दाका कारण पक्राउ गरिएकोमा आश्र्चय लागेको बताएका थिए ।

अदालत परिसरबाट बाहिरिँदै गर्दा उनले घटनाको दूधको दूध र पानीको पानी आफु चाँडै छुट्टिने प्रतिक्रिया समेत दिएको छ ।,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

Leave a Reply

Your email address will not be published. Required fields are marked *