बिरामीलाई समस्या भएपछि सांसद साहले गरे बुद्ध एयरको काउण्टरमा तोडफोड


२७ आश्विन २०७६, सोमबार
जनकपुरधाम /
जनकपुर बिमान स्थलमा एक बिरामीलाई साह्रै समस्या भएपछि राष्ट्रिय जनता पार्टी नेपालका सर्लाही निर्वाचन क्षेत्र नंं. १ का प्रतिनिधि सभा सदस्य प्रमोद साहले जनकपुरधाम विमानस्थलमा बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका छन् । बिहान ११ः४० बजेको बुद्ध एयरको जहाज दिउँसो १ः३० बजेसम्म पनि नआउँदा एक किड्नीको विरामीको समस्या बढदै गए पछि सांसद साहले जहाज किन ढिलो भएको भनि जानकारी लिन जादाँ गैह्र जिम्मेवारी पुर्ण ब्यबहार देखाएकोले सांसद साह आक्रोशित भई बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको हो ।
जनकपुरबाट काठमाण्डौ जानकालागि भिआपि कक्षमा प्रतिक्षामा रहेका सांसद साहले आफु बुद्ध एयरको काउन्टर तोडफोड गर्नुका कारण प्रष्टयाउदै बिरामी अप्ठेरो परीसक्यो जहाजको अतोपतो छैन हरेक पटक हामिलाई २ देखि ४ घण्टा कुराउने यस्तो पनी हुन्छ भन्दै उहाँले भिभिआईपि कक्षमा हिजैको जुठा भाँडाहरु यतिकै छरीएको छ , रनवेमा समेत गाई बस्त्ु चरीरहेको छ यस्ले के संकेत गर्छ भन्ने मधेशी जनतालाई जति कुराए नि भो भने मानसिकता ले गर्दा आजको तोडफोड भएको बताउनु भयो ।
सांसद साहले मधेशमा रहेका हरेक बिमान स्थलमा बिमानहरु ढिलो गरी आउने र यात्रुलाई घण्टौ कुराउने प्रबृति हटाउन पटक पटक सचेत गराउने समेत अटेर गरेकोले आफु आवेग आएर तोडफोड गरेको प्रष्टयाउनु भयो ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ बस्ने ६५ वर्षीय सौखीलाल चौधरीे किड्नी विरार्मी दिउसो २ बजेसम्ममा चिकित्सक कहाँ पुगेर चेकजाच गराउनुपर्ने थियो । तर, विमान आउन निकै ढिला भइरहेको थियो । त्यही आवेगमा आएर सासंद साह तोडफोड गरेको थिए
बुद्ध एयरका व्यवस्थापक प्रमुख विजयकुमार सिंहले काठमाडौँ विमानस्थलकै प्राविधिक कारणले विमान ढिलाइ भएको स्पष्ट पार्दै उहाँले यो विषयमा यात्रुहरुलाई जानकारी पनि गराएका भएपनि सांसद साह एक्कासी आएर बुद्ध एयरको काउण्टरमा तोडफोड गर्दै हाम्रा कर्मचारीसँग दुब््र्यवहार समेत गरेको जानकारी गराउनुभयो । सांसद साहले तोडफोड गरेपछि विमानस्थलको अवस्था तनावग्रस्त बनेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *