अवैध रुपमा भन्सार छली भित्र्याउँदै गरेको २२ वटा भैंसी र ३ पाडा नियन्त्रणमा

२७ असोज / वीरगञ्ज /
पर्साको विन्दवासिनीबाट अवैध रुपमा भन्सार छली भित्र्याउँदै गरेको २२ वटा भैंसी र ३ पाडा समेत प्रहरीले नियन्त्रणमा लिएका छन् । विन्दवासिनी गाउँपालिका(१ अमरपट्टीबाट भैंसी नियन्त्रणमा लिईएको प्रहरीले बताएको छ ।

भारतबाट नेपालतर्फ ल्याउँदै गरेको १९ वटा भैंसी र ३ वटा पाडा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतबार साँझ भैंसी नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिइएका भैंसी र पाडालाई आवश्यक कार्वाहीको लागि ईलाका प्रहरी कार्यालय पोखरियामा राखिएको छ । भैंसी र पाडा वीरगञ्ज भन्सार कार्यालयलाई बुझाउने तयारी भइरहेको प्रहरी निरीक्षक चन्द्र सिंहले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *