ग्याँस लिक भई आगलागी हुँदा ५० हजार मुल्य बराबरको धनमाल नष्ट, १ जना घाईते

२७ असोज / सर्लाही /
सर्लाही को बागमती २ धरहरामा खाना पकाउने ग्याँस लिक भई आगलागी हुँदा ५० हजार मुल्य बराबरको धनमाल जलेर नष्ट भएको छ भने १ जना बालिका घाइते भएको छ । गए राति खाना बनाउनको लागि आगो बाल्ने क्रममा ग्याँस सिलिन्डर को पाईपबाट ग्याँस लिक भई आगलागी हुदाँ सोही घरको फडिन्द्र काफ्ले कि १५ बर्षिय छोरी सृष्टि काफ्ले आगोले जलेर घाईते भएकी हुन ।

घाईते बालिकाको नमुना अस्पताल हरिवनमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । आगलागी बाट घरमा रहेको लताकपडा अन्नपात जलेर नष्ट भएको प्रहरीले जनाएको छ । कुनै मानबिय क्षति नभएको छ ।

आगलागी भएको थाहा पाउने बितिकै नेपाल प्रहरी ससस्त्र प्रहरी तथा स्थानियको सहयोग मा १ घण्टापछि आगोलाई नियन्त्रणमा लिन सफल भएको कारण ठूलो क्षति हुनबाट जोगिएको स्थानियबासीले बताएका छन ।