सांसद मोहम्मद अफताब आलम पदबाट निलम्वित

२७ असोज / सोमबार /
रौटहट क्षेत्र नं २ बाट निर्वा्चित नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलम पदबाट निलम्बनमा परेका छन् । २०६४ चैत २७ राति रौतहटको राजपुर फरदवामा भएको बम विस्फोटको घटनामा संलग्न भएको आरोपमा उनलाई आईतबार पक्राउ गरिएका थिए ।

पक्राउ परेको आलमलाई संसद सचिवालयले सोमबार सूचना जारी गरी आलम निलम्बनमा परेको जानकारी दिएको हो । रौतहट क्षेत्र नं. २ बाट निर्वा्चित सांसद तथा पूर्वमन्त्री आलमलाई प्रहरीले आइतबार बिहान इद्रिस गेट अगाडिबाट नियन्त्रणमा लिएको थियो ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका उनीमाथि २०६४ चैत्र २७ गते राजपुरमा भएको बम विस्फोटको घटनामा घाइते भएकाहरुलाई जिउँदै जलाएर हत्या गरेको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *