चिनियाँ राष्ट्रपति सीको दुई दिने राजकीय भ्रमणको अवसरमा आइतबार सार्वजनिक बिदा

Please follow and like us:

२४ असोज / शुक्रबार /
चिनियाँ राष्ट्रपति सी जिनपिङको दुई दिने राजकीय भ्रमणको अवसरमा स्वागत गर्नको लागि सरकार आइतबार सार्वजनिक बिदा दिएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकमा राष्ट्रपति सीको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । भोलि शनिबार आउने सी जिनपिङको राजकिय भ्रमणमा सरकारले उच्च सुरक्षा व्यवस्था मिलाएको छ । २०७० अनुसार चारवटै सुरक्षा निकायको समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको हो ।

आवश्यक तयारीको सिलसिलामा दैनिक सुरक्षा समन्वयात्मक छलफल चलिरहेको र त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलदेखि राष्ट्रपति कार्यालयसम्म र बस्ने होटलसम्मको आवश्यक सुरक्षा व्यवस्था मिलाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए।

सुरक्षामा काठमाडौंको जिल्ला सुरक्षा समितिको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेना सहभागी सुरक्षा समन्वय समितिले आन्तरिक सुरक्षाको जिम्मा लिएको छ ।,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)