मेस्तरले फोहोर उठाउन छाडेपछि बरहथवा बजार कुरुप बन्दैँ

Please follow and like us:

अनिता साह
२३ असोज / सर्लाही /
मेस्तरले फोहोर उठाउन छाडेपछि बरहथवा बजार कुरप बन्दै गएका छन् । सर्लाहीको बरहथवा बजारमा दशैंमा पारश्रमिक नपाएको र सेवा सुविधा वृद्धिको माग गर्दै फोहर उठाउने (मेस्तर) ले सप्तमीदेखी फोहोर उठाएका छैनन् । मेस्तरले फोहोर उठाउन छाडेपछि बरहथवा बजार कुरुप बन्नुका साथै दुर्गन्ध फैलिएको हो । फोहोरमैलाका कारण बजारमा दुर्गन्ध फैलिँदा समेत नगरपालिकाले चासो नदिएको भन्दै बरहथवा बजारका स्थानीय र व्यापारीले बिहीबार बिहान नगरपालिका कार्यालयमै चार ट्याक्टर फोहोर ल्याएर फाँलेका छन् । यसरी कार्यालय नै बन्द हुने गरि फोहोरको डंगुर ल्याएर थुपारेपछि सेवाग्राही त्यसै फर्किन बाध्य भएका छन्।

उद्योग वाणिज्य संघ बरहथवाका अध्यक्ष निरञ्जनप्रसाद दासले नगरपालिका कार्यालयले मेस्तरको माग बेलैमा सुनुवाई नगर्दा यो अवस्था आएको बताए । बरहथवा नगरपालिकाका प्रमुख नयाँ कर्मचारीलाई मेस्तरको संख्या थाहा नहुँदा दुई जना मेस्तरलाई अरुसँगै पारिश्रमिक दिन नसकिएको स्वीकार गर्दै दशैं अघि नै आफूले पैसा खोजेर नगद नै पारिश्रमिक उपलब्ध गराइ सकेको दावी गरे । चाडपर्वका बेला किनमेल गरिने ठाउँ नै फोहर बनेपछि आग्रहहरु आउन छाडेको र बाध्य भएर व्यापारीले सबै फोहर नगरपालिकामा थुपारीदिएको छ ।

खापालले चाडपर्वको समयमा २ जना मेस्तरको तलब र खर्च नदिएपछि उनीहरुले फोहर उठाउन छाडेको नगरप्रमुख बताएका छन । बरहथवा बजारमा १२ जना मेस्तरले फोहोर उठाउँदै आएका छन् । उनीहरूले मध्ये दशजनाले श्रावण र भदौ महिनाको पारिश्रमिक पाएका छन् १२ जना मेस्तरमध्ये २ जनालाई नगरपालिकाले दशैं पेश्की र पोशाक भत्ता केही नै नदिएको गुनासो गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)