बिष्णु गाउँपालिकामा एक ८ बर्षीय बालकको शव फेला

Please follow and like us:

अनिता साह
२३ असोज / मलंगवा /
सर्लाहीको बिष्णु गाउँपालिकामा एक ८ बर्षीय बालकको शव फेला परेको छ । मृत्यू हुनेमा बिष्णु गाउपालिका वडा २ पकडीगोठको बस्ने रामबाबु रायको छोरा बर्ष ८ को सचिन राय रहेको हो । गत शनिबार बालक राय बाख्रा चराउन गएको तर घर नफर्केपछि परीवारजनले खोज तलाास गर्दा बालक रायकोे शव उखु खेतमा फेला परेका थिए ।

रायको मृत्यू कुन कारणले भएको हो भने हाल सम्म पता लागेको छैन् । नाम नबताउनका लागि शर्त राखि सोही ठाउका एक जना ब्यक्तिले बालक सचिनको हत्या राजनिति शत्रुताको कारण हत्या भएको हुन सक्ने आशंका गरेका छन् । मृतकका पिता रामबाबु रायको केही दिन अगाडि कुनै अर्को ब्यक्तिसँग झगडा भएकोले तिनिहरुले बदला लिनको उदेश्यले उनको छोराको हत्या गरेको हुन सकने बताएका छन् । हालसम्म मृतकका पिता अरुको धाक धम्किले गर्दा प्रहरीमा उजुरी पनि दिएका छैनन् ।

मृतकका पिता रामबाबु रायले आफु गरीब भएकोले नै बिपक्षिहरुले बारम्बार आफ’लाई कुटपिट गर्दै शारिरीक तथा मानसिक दवाव दिदै आए पनि यसपालि त अत्याचार नै भयो । मेरो ८ बर्षको निर्दोष छोराको हत्या गरी फालदियो अब त यो गाँउमा बस्न समेत डरलागिरहेको बताउनु भयो । उहाँले प्रहरीमा उजुरी किन नगरेको बिषयमा बोल्दै आफु त अहिले पनि न्यायका लागि प्रहरीमा जान तयार रहेको तर यस गाँउको केही ब्यत्तिहरुले आफु जाहेरी दिए अझ यो भन्दापनि भयावह परीणाम भोग्नु पर्ने धम्कि दिएकोले हाल सम्म पनि जाहेरी नदिएका बताएका छन् ।

कसले धम्कि दिएको भनि बिषयलाई उनले निजहरुको नाम बताए आफुले गाँउनै छाडनु पर्ने भएकोले निजहरुको नाम बताउन चाहेका थिएनन । उनले घटना कसले घटाएको बारे पुरै गाँउ जानकार रहेको बताउदै तर कसैले नाम किटेर बताउन नचाहेकोले पनि हाल सम्म उजुरी नगरेको तर आफुलाई कानुनले न्याय गर्नेमा बिश्वस्त रहेको पनि बताउनु भयो । मृतक सचिन रायको सर्लाही जिल्ला अस्पतालमा पोष्टमार्टम भई निजको शदगत समेत भइसकेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)