हिरासतमा रहेका महरा बिरामी भएपछि अस्पताल लगियो

Please follow and like us:

२३ असोज / बिहीबार /
हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरा बिरामी परेपछि अस्पतालमा लगिएको छ । गएको सोमबारदेखि हिरासतमा राखिएको महराको स्वास्थ्यमा समस्या आएपछि उनलाई नर्भिक अस्पताल लगिएको प्रहरीले जनाएको छ । हिरासतमा महरा बिरामी परेपछि उनको उपचारका लागि एक जना चिकित्सक पनि खटाइएको थियो ।

अक्सिजनको पनि व्यवस्था गरिएको थियो । उच्च रक्तचापका विरामी महराको स्वासप्रश्वासमा पनि समस्या आएको प्रहरी स्रोतले जनाएको छ । संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेका महराको बिहीबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बयानसमेत लिइएको थियो । उनलाई सरकारी वकिल कार्यालयबाट अस्पताल लगिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)