चिनियाँ राष्ट्रपति शनिबार नेपाल भ्रमणमा आउने

Please follow and like us:

२२ असोज / बुधबार /
चिनियाँ राष्ट्रपति सी जिनपिङ भ्रमणका लागि शनिबार नेपाल आउने भएका छन् । चिनियाँ राष्ट्रपतिको भ्रमणका क्रममा नेपालले उठाउने एजेण्डाबारे प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि पूर्वप्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग परामर्श गर्ने भएका छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार नेपाल आउनेछन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा सी २५ काठमाडौं आइपुग्नेछन् र भोलिपल्ट फर्किनेछन् । भ्रमणका क्रममा चिनियाँ राष्ट्रपतिले नेपाली समकक्षी भण्डारीसँग भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ प्रतिनिधि मण्डलको दुई पक्षीय आधिकारिक भेट हुनेछ । सोही क्रममा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर पनि हुने पनि जनाइएको छ ।

सीको भ्रमणको तयारीका क्रममा प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग परामर्श गर्न लागेका हुन् । यो छलफलमा सीको भ्रमण तयारी र एजेण्डाबारे छलफल हुने बताइएको छ ।,,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)