अज्ञात समुहद्धारा मोटरसाइकलमा आगजनी

Please follow and like us:

२३ असोज / जनकपुरधाम /
धनुषामा अज्ञात समूहले पार्किङमा राखेको मोटरसाइकल र साइकलमा आगजनी गरिएको छ । बिहीबार बिहान ९ ओटा मोटरसाइकल र साइकलमा आगजनी गरिएको प्रहरीले जनाएको छ । धनुषाको जनकनन्दनी गाउँपालिका ३ स्थित प्रखे महुवामा पार्किङ गरिएको नौ वटा मोटरसाइकलमा आज अज्ञात समूहले आगजनी गरेको हो । पाँच वटा नेपाली मोटरसाइकल र ४ वटा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आगजनी गरिएको छ ।

पार्किङ गरिएको ज ९ प ७६२५, स १ प ४३८१, स ८ प ७७१८, ज १ प ९३३ र ज ६ प ७९९५ नम्बरको नेपाली प्लेटका मोटरसाइकल जलरे नष्ट भएको प्रहरीले जनाएको छ । त्यस्तै, बीआर ३२ एन ५३३९, बीआर ३२ एफ ९३००, बीआर ३२ भी ३०८४, बीआर ३२ एफ ६०७८ भारतीय नम्बर प्लेटको मोटरसाइकलसमेत जलेको छ । मोटरसाइकलसँगै पार्किङ गरिएको साइकल पनि जलेको छ । आगलागी कसले र किन गरेको हो ? भन्नेबारेमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय खजुरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)