जानकी मन्दिर विकासको लागि ५ /७ करोड बजेट विनियोजन गर्नुपर्छः मुख्यमन्त्री राउत

Please follow and like us:

२१ असोज / जनकपुरधाम /
एक कार्यक्रम बिच मुख्यमन्त्री मो.लालबाबु राउतले प्रदेश नं. २ लाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा चिन्हाउनुको लागि मठ–मन्दिरको सौन्दर्यीकरण बढाउनुमा विशेष जोड दिएका छन् । कार्यक्रमको सम्बोधन गर्दै मुख्यमन्त्री राउतले मठमन्दिरको सौन्दर्यीकरणले मात्रै पर्यटक लोभिने बताए । प्रदेश सरकारले मठमन्दिरको सौन्दर्यीकरण कार्य जानकी मन्दिरबाट सुरु गरिसकेको पनि बताए । मुख्यमन्त्री राउतले जानकी मन्दिरमा प्रत्येक वर्ष बजेट विनियोजन गर्ने योजना रहेको बताउँदै भने, “जानकी मन्दिर प्रदेशको धरोहर हो । यसको सौन्दर्यीकरणको लागि प्रत्येक वर्ष ५÷७ करोड बजेट दिने योजना छ ।”जानकी मन्दिर परिसरभित्र सवारीसाधन प्रवेश निषेध गर्नुपर्ने धारणा राख्दै मुख्यमन्त्री राउतले यसको लागि छुट्टै व्यवस्था गर्नुपर्ने बताए ।
उक्त कार्यक्रमको आयोजना रामानन्दीय वैष्णव संघ तुलसी स्मारक, जनकपुरधामले गरेको हो । कार्यक्रमको अध्यक्षता रामभजन दासले गर्नु भएको थियो । आशिष तिलक तथा पदस्थापन समारोहलाई सम्बोधन गर्दै भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनालले जल, जमिन र जंगल प्रदेश सरकारको मातहतमा आउनुपर्नेमा जोड दिए । मन्त्री सोनलले सप्तरीको सखडा भगवती, सिरहाको सलहेश फुलवारी, जनकपुरको जानकी मन्दिर, महोत्तरीको जलेश्वरनाथ र बाराको सिम्रौनगढलाई धार्मिक करिडोरको रुपमा विकास गर्नुपर्नेमा जोड दिए । दकार्यक्रममा प्रतिनिधिसभा सदस्य मिनाक्षी झा, प्रदेश सभा सदस्य परमेश्वर साह, जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)