आयरल्यान्डविरुद्धको टि– २० क्रिकेटमा कप्तान पारस आउट

Please follow and like us:

२२ असोज / बुधबार /
आयरल्यान्ड विरुद्धको टि– २० क्रिटमा १ सय ४६ रनको लक्ष्यमा नेपाल पछ्याइरहेको छ । त्यसै क्रममा नेपालले पहिलो र सर्वा्धिक महत्वपूर्ण विकेटका रुपमा कप्तान पारस खड्कालाई गुमाएको छ । पारस २५ रनको निजी स्कोरमा आउट भएका छन् । ४ ओभरमा ३५ रन बनाएको स्थितिमा नेपालले कप्तानलाई गुमाएको हो । उनले १४ बलमा २ चौका र २ छक्का प्रहार गरे । ओपनिङमा पारसलाई साथ दिइरहेका इशान पाण्डे विकेटमा संघर्षरत छन् ।

इशानले सुस्त ब्याटिङ गर्दा पारसलाई रन गति बढाउन दवाव परेको थियो । मार्क अडायरको बललाई बुझ्न नसक्दा उनी क्याचआउट भए । १४ बलमा ११ रन बनाएर खेलिरहेका पाण्डेले एक चौका प्रहार गरेका छन् । नेपालले तेस्रो विकेटका रुपमा आरिफ शेखलाई पठाएको छ । नेपालले आजको टिममा दुईवटा परिवर्तन गरेको छ । पवन सर्राफको स्थानमा इशान पाण्डे र रोहित पौडेलको स्थानमा सन्दिप जोरालाई खेलाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)