जेठानीले गरे देवरानीको हत्या

Please follow and like us:

अनिता साह

२१ असोज / जनकपुरधाम /
धनुषामा जेठानी र देबरानीबीच भएको विवादमा छुरा हानाहान हुदा एक जनाको मृत्यू भएको छ । सोबार राति औरही नगरपालिका–१ निवासी अहमद राइनकी पत्नी २६ वर्षीया सुनौल र अहमदका भाइ विवरण राइनकी २२ वर्षीया पत्नी सहानी खातुनबीच भएको विवादमा सहानीको मृत्यु भएको प्रहरीले जनाएको छ । जेठानी र देवरानीबीच घरायसी बिबाद भएका थिए ।

बिबादमा जेठानीले गरेको छुरा प्रहारबाट देवरानीको ज्यान गएको छ । जेठानी सुनौलले देवरानी सहानीको शरीरमा अन्धाधुन्ध छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय, धनुषाका डीएसपी रामेश्वर कार्कीले बताए । सहानीमाथि छुरा प्रहार गरेर सुनौलले आफ्नो पेटमा समेत छुरा प्रहार गरेर उनी आत्महत्या गर्ने प्रयास गरेको आशंका गरिएको कार्कीले बताएको छ ।

डिएसपी कार्कीका अनुसार छुरा प्रहारबाट घाइते भएकी जेठानी–देवरानीलाई उपचारका लागि जनकपुरस्थित काव्या हस्पिटलमा उपचारकै क्रममा सहानीको मृत्यु भयो । जेठानीले आफ्नै शरीरमा गरेको छुरा प्रहारबाट घाइते भएकी सुनौलको जनकपुर अञ्चल अस्पतालमा उपचार हुदै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)