काठमाडौँबाट सार्लाहीको लागि छुटेको बस भरतपुरमा दुर्घटना, ३८ जना घाइते

Please follow and like us:

२२ असोज / बुधबार /
काठमाडौँबाट सार्लाहीको मलंगवातर्फ आउँदै गरेको रात्रिबस भरतपुरमा दुर्घटना हुदा ३८ जना घाइते भएको छ भने १ जनाको अवस्था गम्भीर रहेका छन् । भरतपुर महानगरपालिका १२ आस्था चौकमा ना. ५ ख. ५३४४ नम्बरको रात्रि बस गए राति साढे् १२ बजेको समयमा दुर्घटना हुदा ३८ जना घाइते भएको चितवन प्रहरीले जनाएको छ ।

चितवन प्रहरीका अनुसार बस आफैँँ अनियन्त्रित भई सडक छेउको पीपलको रुखमा ठक्कर खाएर दुर्घटना भएको हो । पुरानो मेडिकल कलेज र भरतपुरको नयाँ मेडिकल कलेजमा घाइतेहरुको उपचार भइरहेको छ ।

दुर्घटनामा चालक पनि सामान्य घाइते भएका छन् । बसमा करिब ४५ / ४६ जना सवार रहेको थियो । बसका चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धा भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)