चाडलाई लक्षित गर्दै रौतहत प्रहरीले जिल्लामा कडा चेकजाच शुरु

अनिता साह
२१ असोज / रौतहट /

दशैँ तिहार चाडपर्वलाई लक्षित गर्दै रौतहट प्रहरीले जिल्लामा सुरक्षाप्रति गम्भीरता अपनाइएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहट गौरबाट खटिएको संयुक्त प्रहरी टोलीले विजय दशमीको उपलक्ष्यमा शान्ति सुरक्षाको लागि गौर नगरपालिका स्थित रहेको जिल्ला कारागार परिसर, विपिचोक, भन्सार सुरक्षा गार्ड, मेनचोक लगायत बसपार्कको एरियामा तालिम प्राप्त कुकुर सहितको साधन अपनाएर चेकजाँच शुरू गरेको छ ।

जिल्लाको शान्ति सुरक्षालाई मध्यनजर राखी भारतीय देशबाट भित्रीने लागु औसध , खरखजाना तथा हातहतियारलाई नियन्त्रण गर्नको निमित्त यो चेकजाँच शुरू गरिएको प्रहरीले बताएका छन् । अपराधी मनासाय बोकेका मानिसहरुले गर्ने अपराध, अपराधिक क्रियाकलाप ,तस्करी लाई निरुतसाहित गराउने लक्ष्य स्वरुप जिल्ला प्रहरी कार्यालय रौतहटले यो सुरक्षा व्यबस्था मिलाइएको नायकले बताए । यस्तो चेकजाँच अन्य दिनमा जिल्लाको अन्य ठाउमा समेत रहिरहने जनाइएको छ ।