समृद्धिका लागि हातेमालो गर्दै अघि बढ्न मुख्यमन्त्री पौडेलको आग्रह

Please follow and like us:

२१ असोज / मंगलबार /
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सन्देशमा समृद्धिका लागि हातेमालो गर्दै अघि बढ्न आग्रह गरेका छन् । पौडेलले सबै नेपालीको दृढ प्रतिबद्धता, इमान्दार प्रयास र मेहनतबाट समृद्धिको आकाङ्क्षा पूरा हुन्छ भने बताउनुभयो । सन्देशमा पौडेलले सुखी नेपाली, समृद्ध नेपालको राष्ट्रिय सङ्कल्प पूरा गर्न प्रदेश नं ३ सरकार दृढतापूर्वक लागिपरेको बताउँदै समृद्धिका लागि हातेमालो गर्दै अघि बढ्न समेतमा आग्रह गरेका छन् ।

बडादशैंँ, तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा आज एक सन्देश दिँदै उनले विभिन्न चाडपर्वले नेपालीबीच एकता कायम गर्न मद्दत पुगेको बताएका हुन् । साथै नेपालीहरुको घरआँगनमा आएको महान् पर्व विजयादशमीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदिबहिनीहरुमा सुख, शान्ति एवम् समृद्धिको हार्दिक शुभकामना व्यक्त गनुभयो ।

नेपाल एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक एवम् भौगोलिक विविधतायुक्त देश हो । परापूर्वकालदेखि नै चलिआएका हाम्रो अमूल्य निधिका रुपमा रहेका धार्मिक तथा सांस्कृतिक मूल्यमान्यता, रीतिरिवाज, चाडपर्वहरुले विविधताका बीच पनि आपसी शान्ति, प्रेम, भ्रातृत्व र सद्भावको सन्देश दिँदै आएका छन् । सन्देशमा यही नै हाम्रो एकताको आधार हो, यही नै हाम्रो पहिचान हो, यसैको जगमा अब सुदृढ वर्तमान र उज्यालो भविष्य निर्माण गर्ने अभिभारा पूरा गर्नु छ बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)