बलात्कार प्रयासको अभियोगमा सभामुख महरा पक्राउ

Please follow and like us:

२० असोज / सोमबार /
पूर्वगृहमन्त्री समेत रहेका कृष्णबहादुर महरालाई प्रहरीले संसद सचिवालयकी एक कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा आइतबार साँझ सभामुखको सरकारी निवासबाटै पक्राउ गरेको हो । उनलाई महानगरीय प्रहरी वृत्त, सिंहदरबारमा राखिएको छ । महराकै मागअनुसार प्रहरीले उनलाई निजी कारमा राखेर लगेको छ । रातो रंगको गाडीमा गएका उनीसँगै सादा पोसकका प्रहरीहरु खटिएका थिए । सुरुमा प्रहरीले उनलाई भ्यानमा लैजान चाहेको थियो ।

तर उनले निजी गाडीमा जान चाहेपछि प्रहरीले १६ च २९५८ नम्बरको गाडी ल्याएको थियो । तर उनी आफैैंले प्रयोग गर्ने बा १८ च ४०० नम्बरको निजी गाडीमा गए । अब उनलाई महानगरीय प्रहरी वृत्त, सिंहरबारमा राखेर अनुसन्धान गरिने प्रहरी स्रोतले बताएको छ । यसअघि आइतबार विहान जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको थियो । लगतै सभामुख निवासमा प्रहरी पुगेको थियो । सुरुमा सादा पोसाकमा प्रहरी पुगेको थियो तर पक्राउ गर्ने तयारीसँगै सभामुख निवास वरपर ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको थियो ।

उनको टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार महराको बयान अदालत र सरकारी वकिलको कार्यालय खुलेपछि मात्रै सुरु हुनेछ । ‘दशैंपछि अदालत खुल्नेछ र म्याद थप गर्नेछौं’, उनले बताएका छन् भने, ‘त्यसपछि सरकारी वकिलको रोहबरमा बयान लिनेछौं ।’ अदालतको दशैं विदा २६ गतेसम्म छ । तर पूर्वप्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको निधनको शोकमा २७ गते पनि अदालतमा विदा दिइएको छ । अर्को सोमबार अदालत तथा सरकारी वकिलको कार्यालय खुलेपछि अदालतमा हाजिर लगाउने, बयान लिने काम सुरु हुनेछ ।

एसएसपी उत्तमराज सुवेदीका अनुसार महराको बयान अदालत र सरकारी वकिलको कार्यालय खुलेपछि मात्रै सुरु हुनेछ । ‘दशैंपछि अदालत खुल्नेछ र म्याद थप गर्नेछौं’, उनले बताएका छन् भने, ‘त्यसपछि सरकारी वकिलको रोहबरमा बयान लिनेछौं ।’ अदालतको दशैं विदा २६ गतेसम्म छ । तर पूर्वप्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको निधनको शोकमा २७ गते पनि अदालतमा विदा दिइएको छ । अर्को सोमबार अदालत तथा सरकारी वकिलको कार्यालय खुलेपछि अदालतमा हाजिर लगाउने, बयान लिने काम सुरु हुनेछ । घटनाको मुद्दा भने काठमाडौं प्रहरी परिसर, टेकुबाटै चल्नेछ । ‘परिसरले मुद्दा टेकओभर गरेको हो’, एसएसपी सुवेदीले भने, ‘यहाँ प्रहरीको अस्थायी बसाई भएकाले सिंहदरबारमै राखिएको हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)