जिल्लामै पहिलो पटक रोहुवामा राष्ट्रिय जनावर गाईलाई संरक्षण र सम्बर्द्धन गर्ने उदेश्यले गौशालाको उदघाटन सम्पन्न

Please follow and like us:

राधेश्याम कुशवाहा
१९ आश्विन / रोहुवा /
सर्लाही जिल्लामै पहिलो पटक रोहुवामा राष्ट्रिय जनावर गाईलाई संरक्षण र सम्बर्द्धन गर्ने उदेश्यले गौशालाको उदघाटन सम्पन्न भएको छ । गाईबाट आर्थिक फाईदा भएसम्म पाल्ने र फाईदा हुने अवस्था समाप्त भएपछि छाडा छाडिदिने प्रवृत्ति रहेकोमा त्यस्ता गाई र गौ वंंशको रक्षाको साथै हिन्दु धार्मिक स्थलहरु मठ, मन्दिर, देवालय, शिवालय, लगायतका धार्मिक स्थलहरुको संरक्षण सम्बर्द्धन र सनातन धर्मको मुल्य, मान्यताहरुको रक्षा गर्दै समाजमा धार्मिक सदभाव कायम गरेर शान्तिप्रिय आत्मानुशासित समाजको स्थापना गर्ने उदेश्यले गोडैता नगरपालिका वाड न. ४ रोहुवामा श्री राधाकृष्ण चौधरी ज्यु को प्रमुख अध्यक्षता तथा जिल्ला शिक्षा तथा समन्वय समितिको सभापति मेथुर चौधरीको प्रमुख आतिथ्यतामा गौ सेवा संस्थाको उदघाटन सम्पन्न भएका छन ।
यस धार्मिक उद्घघाटन समारोहमा विशेष अतिथिका रुपमा गोडैता नगरपालिकाको मेयर देवेन्द्र यादव, जिल्ला प्रहरी कार्यलय सर्लाहीको एसपी गोपालचन्द्र भट्टराई, जिल्ला प्रशासन कार्यलयको सिडिओ मोहन जिसि, रामनगर गाउँपालिकाको अध्यक्ष कृष्ण प्रसाद वर्मा, वडाअध्यक्ष शिवकुमार राउत, महिला अधिकारकर्मी कुन्ती देवी, समाजसेवीको साथै स्थानीयवासीहरुको सहभागिता थियो ।

गाई हिन्दु धर्मको रुपमा पुजिनुको साथै नेपालको संविधान २०७२ ले गाईलाई राष्ट्रिय जनावरको मान्यता दिएको कारण हामीहरू गाईको संरक्षण र सम्बर्द्धन गर्ने उदेश्यले गौशालाको स्थापना गर्न लागेको अध्यक्ष राधाकृष्ण चौधरीले बताए। हिन्दु मान्यता अनुसार गाई धार्मिक, सामाजिक र आर्थिक दृष्टिकोणले पनि महत्त्वपूर्ण मानिन्छ। हिन्दुहरुको बाहुल्य रहेको देश नेपालमा कृषि प्रणालीको शुरुआत संगै पोषण, ऊर्जा र खेत जोत्नका लागि गोरु माथिको निर्भरताको कारण हाम्रो जिवनमा गाईको महत्त्व धार्मिक र वैज्ञानिक दृष्टिले पनि महत्त्वपूर्ण रहेको उहाँको कथन रहेका छन। बहुसंख्यक हिन्दु रहेका देश नेपालमा गाई र गौ वंशका रक्षाका लागि स्थानीय स्तरबाट पनि सार्थक पहल गरिनु आवश्यक रहेकोमा हामीहरु गौशाला स्थापना गर्न लागेको अध्यक्ष राधाकृष्ण चौधरीले बताए।

आठ वर्षअघि एउटा गाईबाट पालनपोषण सुरु गरेको गौशालामा अहिले १७ वटा गाई रहेका छन । हिन्दु धर्ममा गाईको धेरै महत्त्व रहेको कारणले आफु गाई पालनपोषण गर्न लागेको गौशालाको संस्थापक तथा संचालक राममनोहर दासले बनाउनुभयो । गाईको गोबर, गौमुत सबै पुजापाठ तथा औषधी गुणको लागि अति उपयोगी रहेको उहाँले बताउनुभयो। राममनोहर दासको जन्म विहारको गोरखपुरमा भएको थियो । उहाँ विगत बीस वर्षदेखि सर्लाहीमा रहि हिन्दु धर्मको प्रचार प्रसारमा महत्त्वपूर्ण योगदान दिदैंं आइरहनु भएका छन। सदमुकाम मंलगवाबाट सोनवर्षा जाने सडकखण्ड बोर्डरमा रहेको हनुमान मन्दिरमा महन्थको रुपमा १२ वर्षसम्म बसिसक्नु भएका छन। हनुमान चौकको हनुमान मन्दिर निर्माणमा पनि उहाँको योगदान महत्त्वपूर्ण रहेका छन। उहाँ विगत आठ वर्षदेखि रोहुवामा रहेको बाबा धनेश्वर नाथको मन्दिरमा महन्थको रुपमा बसि आइरहनु भएका छन। यहाँ आउने बेलामा नै उहाँ एउटा गाई लिएर पालनपोषण सुरु गर्नु भएको थियो। त्यही गाईबाट अहिले उहाँको गौशालामा अहिले १७ वटा गाई रहेका छन। जसमा चारवटा गाई नियमित दूध दिने गरेको संस्थापक मनोहर दासले बताए। बाटोघाटो, बजार र सहरमा छाडा छोडिएका गाईलाई हाम्रो गौशालामा पुर्याई धार्मिक काजमा सहयोग गरि पुण्यको भागी बन्नका लागि जिल्लावासी अपिले समेत गरेका छन।

हाम्रो समाजमा आधुनिकताको नाममा विदेशी संस्कृतिको अनुसरण गर्ने प्रवृत्तिले हाम्रो समाजमा हत्या, हिंसा, बलात्कार जस्ता अपराधिक क्रियाकलाप बढिरहेको मेयर देवेन्द्र यादवको कथन रहेका छन । हाम्रो समाजमा बढिरहेको अपराध हिंसालाई कम गर्न हाम्रो सनातन धर्म, संस्कृती, परम्परा, मुल्यमान्यता तथा संस्कारलाई संरक्षण र सम्बर्द्धन गर्नका लागि सबै तर्फबाट सक्दो प्रयास गर्नु पर्नेमा जोड दिनुभयो। आमा र गाई दुवैको दुधमा १२ वटा तत्त्व पाउने भएकाले आमा र गाई दुवै मुल्यवान रहेकाले गाई संरक्षण सम्बर्द्धनका लागि सबै स्थानिय एकजुट हुनुपर्ने यादव बताए। हाम्रो जिवनमा गाई र आमाको अपरिहार्य योगदान हुने भएकाले दुवैमा कमि खोज्नु ठूलो अपराध र महापाप रहेको उहाँको कथन रहेका छन। रोहुवा पावन धामको विकासका लागि नगरपालिका सधैं प्रतिबद्ध रहेको यादवले बताए। बाबा धनेश्वर नाथको मन्दिरको रङ्गरोगनका लागि नगरपालिकाले तीन लाख बजेट विनियोजन गरेको मेयर यादवले बताए। गौशालाको विकासका लागि पनि नगरपालिकाले सक्दो सहयोग गर्ने मेयर यादवले प्रतिबद्धता व्यक्त समेत गर्नुभएका छन । कार्यक्रममा आएका सबै व्यक्तिहरु गाईको महिमाको विषयमा आफनो विचार राख्नुको साथै हिन्दुहरुको महान चाड वडादसैं तथा विजयादमीको अवसरमा शुभकामना अदानप्रदान समेत गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)