चट्याङ बाट आगलगी हुदाँ करिब ४ लाख बराबरको क्षति

Please follow and like us:

अनिता साह
१९ असोज / मलंगवा /
सर्लाहीमा चट्याङबाट आगलगी हुदा कुखुरा फर्ममा करिब ४ लाख बराबरको क्षति भएका छन् । शणिबार राति करिब सवा ७ बजेको समयमा सर्लाहीको इश्वरपुर नगरपालिका १ शंकरगंज बस्ने उपेन्द्र महतोको फुसको छानो भएको खालि कुखुरा फर्ममा आगलगि भएको प्रहरीले जनाएको छ ।

पानि सँगै परेको चट्यांगबाट महतोको कुखुरा फर्ममा आगलगि भएको हो । आगलगिको खबर प्राप्त भए लगतै सर्लाहीको प्र. ना. नि. प्रदिप चौधरीको कमाण्डमा ४ जनाको टोली खटि गएको थियो ।

कुनै मानविय र चौपायको क्षति नभएको प्रहरले जनाएको हो । महतोको कुखुरा फर्मको आगो प्रहरी र स्थानिय बासीहरुको सहयोगमा गए रात ८ बजेको समयमा नियन्त्रणमा लिएको प्रहरी चौधरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)