पोखरीमा डुबेर ७ बर्षिय बालकको मृत्यू

अनिता साह
१९ असोज / मलंगवा /
पोखरीमा डुबेर एक ७ बर्षिय बालकको मृत्यू भएको छ । सर्लाहीको बिष्णु गाउपालिका २ पकडीगोठ बस्ने रामबाबु रामको छोरा बर्ष ७ को सचिन रामको पोखरीमा डुबेर मृत्यू भएको प्रहरीले जनाएको छ ।

शणिबार अपरान्ह करिब १ बजेको समयमा सोही ठाउँ नजिकैको पोखरीमा नुहाउने क्रममा डुबेर सचिन रामको मृत्यू भएको हो । मृत्क बालकको शव सर्लाही अस्पताल मलंगवामा लगिएको र पोस्ट मार्टम पश्चात शव आफन्तले बुझेको इलाका प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।