चक्रघटा गाँउपालिकाको आर्थिक कारोबार ठप्प

मनोज यादव/

असोज / सर्लाही / चक्रघटा गाँउपालिकाको अध्यक्ष र उपाध्यक्षको बिवाद चरम सिमा पुगेको छ । यहि बिबादले चक्रघटा गाँउपालिकाको सम्पुर्ण आर्थिक कारोबार बन्द भएकोछ । बिकास निमार्णका बिषयमा भएको बिबाद अदालत हुदै अब कार्यालयका कर्मचारी समेतलाई प्रभाबित पार्ने गरी बिबाद चुलिएको छ । हिन्दुहरुको महान चाड दशै नजिकिदै गर्दा उपाध्यक्ष लगायत ११ जना कार्यपालिका सदस्यले गाँउपालिकाको सम्पुर्ण आर्थिक कारोबार नगर्नु नगराउनु भनेर लिखित निबेदन दायर गराएका छन् । यसले गाँउ पालिका भित्रहूने सम्पुर्ण आर्थिक कारोबार लगायत पालिकाका कर्मचारीलाई बिगत दुई महिना देखि बाँकि रहेका तलब दशैमा समेत नपाउने भएकाछन् । प्रमुख प्रशासकिय अधिकृत मुकेश पाठकले अध्यक्ष तथा उपाध्यक्षको बिवाद राजनिति बिबाद भएकोले उहाँहरुले आपसमा सल्टिनु पर्नेमा सम्पुर्ण गाँउपालिकाको आर्थिक कारोवार बन्द गराएर सम्पुर्ण गाउँपालिकालाई बन्धक बनाउन नहुने बताउदै। उहाँहरुले यसरी आर्थिक कारोबार बन्द गर्दा सरकारले जेष्ठ नागरीकलाई प्रदान गर्ने समाजिक सुरक्षा भत्ता लगायत बाल पोषण कार्यक्रम समेत प्रभाबित हुने जिकिर गर्नुभयो ।
नाम नवताउने शर्तमा पालिकाका एक कर्मचारीले जनताको मत लिएर आएका जनप्रतिनिधिले आफनो निजि स्वार्थकोलागि हामि कर्मचारीलाई यसरी दशैको मुखमा आएर आर्थिक कारोबार रोकेर दुखः दिन नहुुने बताउनु भयो । जनप्रतिनिधिहरुले आफनो बिवाद राजनितिक रुपमा सल्टाएर पालिकाको बिकास निमार्ण अबरुद्ध गरेर जनतालाई धोखा दिएको आरोप लगाउनुभयो ।
चक्रघटा गाउँपालिकाको अध्यक्ष बिक्रम यादवले यो सारा समस्या जड भनेको गाँउपालिकामा हुने कार्यपालिका बैठकमा उपाध्यक्ष बशोधा देवीको अनुपस्थिती हो । उहाँ करीब एक बर्ष देखि गाँउपालिकाको कुनै पनि बैठकमा उपस्थित हुनुभएको छैन तसर्थ उहाँ अनुपस्थित बैठकमा भएको निर्णयमा उहाँको असन्तष्ुटी जायज हो तर उहाँका असन्तुस्टिलाई समाधान गर्न उहाँलाई पटक पटक बोलाउदाँ समेत उहाँ आउन हुन्न त्यसैले यो बिवाद सतहमा देखिएको हो उहाँ बैठक आउनुभए पछि सारा बिवादको समाधान हुने आफुले बिश्वास राखेको बताउनु भयो । अध्यक्ष यादवले आर्थिक कारोबार रोकिएको सम्बन्धमा दशै अगाडि नै कर्मचारी तथा शिक्षकहरुलाई तलब खुवाउने आश्वासन दिदै सोको लागि आफु निरन्तर उपाध्यक्ष तथा कार्यपालिका सदस्यहरुसँग समस्या समाधान गर्न लागि परेको स्पष्ट पार्नुभयो ।
त्यस्तै वडा नं. ६ का वडा अध्यक्ष तथा कार्यपालिका सदस्य प्रेम रायले आफुहरुले कर्मचारीको तलब तथा समाजिक सुरक्षा भत्ता प्रदान गर्न नरोकेको तर गाँउपालिकामा भएको बिभिन्न आर्थिक कारोबार पारदर्शि नभएकोले आर्थिक कारोबार रोक्न बाध्य भएको बताउदै आफु् यो समस्या समाधान गर्न कुनै पनि बेला बैठक बस्न तयार रहेको जानकारी गराउनुभयो ।
गाँउपालिका भवन निमार्णको बिषयलाई लिएर बढेको बिबादले चक्रघटा गाउँपालिकमा हुने अन्य बिकास निमार्ण लगायत, समाजिक सुरक्षा ,बाल पोषण लगायतका कामहरुमा राजनितिककरणले आम जनता समेत मार मा परीरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *