समाजवादी पार्टीले सिहंदरवार नै कब्जा गर्ने – मन्त्रि यादव

मनोज यादव

सर्लाही ,असोज ५ । मधेशी जनताको त्याग तपश्या र बलिदानबाद प्राप्त भएको संधियतालाई स्थायित्व दिने अभिभारा समाजवादी पार्टीको रहेको समाजवादी पार्टीका कोषाध्यक्ष तथा एवंम मधेश प्रदेशका अध्यक्ष तथा प्रदेश नं. २ का आर्थिक मामिला तथा योजना मन्त्रि बिजय यादवले बताउनुभयो । सर्लाहीको जिल्ला समन्वय समितिका सभा हलमा आयोजित समाजवादी पार्टीको समायोजन कार्यक्रम मा बोल्दै मन्त्रि यादवले हाल समायोजन भएर बनेको नया समितिले कार्ययोजना बनाएर अघि बढनु पर्नेमा जोर दिनुभयो ।


मन्त्रि यादवले संगठन पार्टीको मेरुदण्ड भएकोले त्यसलाई बढाउन प्रतिबद्ध भएर सबै लाग्नु पर्ने बताउदै आउने समयमा समाजवादी पार्टीले सिहंदरवार नै कब्जा गर्ने बताउनुभयो । उहाँले संबिधान दिवसलाई कालो दिनको रुप मनाउने प्रदेश नं. २ का सत्ता साझेदार दल राष्ट्रिय जनता पार्टीलाई दोहोरो चरित्र देखाएको आरोप लगाउदै संबिधान मानेरै बर्तमान संसदमा सपथ ग्रहण गराउने नै राजपाका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर रहेकोले अब संबिधान मान्दिन भन्नु जनतालाई झुक्याउनु हो भन्दै त्यसता चरीत्रले मधेशको माग संबोधन हुन नसक्ने जिकिर गर्नुभयो । उहाँले मधेशी जनताको अधिकार सुनिश्चित गराउन आफुहरु हरसंभव लागि परेकाले कार्यकर्ता तथा आम मधेशी जनतालाई निरास नहुन आग्रह समेत गर्नुभयो ।
सोही समायोजन कार्यक्रममा समाजवादी पार्टीका केन्द्रिय सदस्य रवीन्द्र प्रसाद यादवले मधेशी जनताको त्याग तपश्यालाई सम्मान गर्न पार्टीले संघियता ,सुशासन समृद्धि र समाजवादको नारालाई मुल मन्त्र बनाएर अगाडि बढनु पर्ने बताउनुभयो ।


त्यस्तै नव गठित समितीलाई शुभकामना दिदै मधेश प्रदेश समिती सदस्य तथा प्रदेश सभा सदस्य अशोक यादवले बर्तमान अवस्थामा रहेको सरकारका मन्त्रिहरुले आफुहरुसंग समन्वय नगर्दा बिभिन्न अप्ठेराहरुको सामाना गर्न्ुपरेको गुनासो पोख्दै पार्टीलाई बलियो बनाउन सबै जना एकजुट भएर अधि बढनु पर्नेमा जोड दिनुभयो ।


समाजवादी पार्टीका प्रदेश नं २ का कोषाध्यक्ष रेणु यादवले समायोजन भएका समितिलाई शुभकामना दिदै जिल्ला समितीलाई आवश्यक पर्ने सम्पुर्ण सहयोग गर्न प्रदेश समिती हरदम तयार रहेको प्रतिद्धता ब्यक्त गर्नुभयो ।
समाजवादी पार्टीका नव घोषित जिल्ला समन्वय समिती सर्लाहीका अध्यक्ष बिरेन्द्र रायले पार्टीलाई मजबुत बनाउन आफुहरु कार्ययोजना बनाएरै अघि बढने प्रतिवद्धता ब्यक्त गर्दै आउने निर्वाचन आफुहरु बिसै पालिकमा निर्वाचित हुने बिश्वास ब्यक्त गर्नुभयो
संघीय समाजवादी पार्टी नेपाल सर्लाही र नयाँ शक्ति पार्टी सर्लाहीको समायोजन भइ समाजवादी पार्र्टीको ९१ सदस्यीय जिल्ला समन्वय समिति गठन भएको छ । बिरेन्द्र रायको अध्यक्षतामा जिल्ला समन्वय समिति सर्लाही घोषणा समाजवादी पार्टीका प्रदेश नंं.२का मुख्य सचिव शम्भु झाले गर्नुभयो । समाजवादी पार्र्टी जिल्ला समायोजन कार्यदल सर्लाहीको आयोजनामा सदरमुकाम मलंगवामा आइतवार भएको समायोजन कार्यक्रममा जिल्ला समन्वय समित सर्लाही गठन भएको हो ।


समाजवादी पार्र्टीका कोषाध्यक्ष ,प्रदेश नं.२ का अध्यक्ष एवं आर्थिक मामिला तथा योजना मन्त्री बिजय कुमार यादवको प्रमुख आतिथ्यतामा भएको समायोजन कार्यक्रममा कानुन न्याय तथा आन्तरीक मामिला मन्त्री ज्ञानेन्द्र यादव,प्रदेश सांसद अशोक यादव,उदयकान्त मिश्र, प्रदेश न २ का पार्र्टी कोषाध्यक्ष रेणु यादव,प्रदेश २ का उपाध्यक्ष शुसिल यादव,प्रदेश २ का सचिव राम कैलाश राय,भाग्यनारायण राय,बम बहादुर लामा,उर्मिला साह,र रवीन्द्र प्रसाद यादव,पंच लो तामाङ ,दयाकान्त मिश्र लगायतका अतिथीहरुले मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *