मलंगवामा क्यान्सर परिक्षण तथा सचेतना कार्यक्रम सम्पन्न ।

Please follow and like us:

मनिषा झा/सर्लाही ,असोज ४ ।
रामहरि जोशी स्मृति प्रतिष्ठानको आयोजनामा सर्लाहीको सदरमुकाम मलंगवा वडा न-२ स्थित श्री पब्लिक माध्यमिक विद्यालयको प्रांगणमा क्यान्सर सचेतना तथा निशुल्क परिक्षण शिविर सम्पन्न भएको छ ।
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धी, ललितपुरको प्राविधिक सहयोगमा सम्पन्न भएको शिविरवाट १ सय भन्दा बढी जनाको स्वास्थ्य परिक्षण तथा स्क्रिनिङ्ग गरिएको थियो । शिविरमा स्वास्थ्य परिक्षणका लागि आएका विरामीहरुलाई २ जना डाक्टर र ५ जना नर्सको टोलीले स्वास्थ्य जाँच गरेर निशुल्क औषधी वितरण गरेको शिविरका भोलेन्टियर एवं स्थानीय समाजसेवी समीर मिकरानीले जनाएको छ ।
शिविरको आज(सनिवार) बिहान प्रतिष्ठानका अध्यक्ष बद्री मास्केको अध्यक्षता तथा मलंगवा नगरपालिकाकी मेयर शान्ती सबनम मिकरानीको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको थियो ।सो उद्घाटन कार्यक्रममा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका डाक्टर फारुख जाकिरले क्यान्सर रोगको सम्बन्धमा चेतनामुलक जानकारी गराएका थिए ।कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गदैै प्रमुख अतिथि उपमेयर मिकरानीले पुर्व मन्त्री एवं समाजसेवी स्व. रामहरि जोशीको असल विचार ,उदारवादी सोंच र उहाँले समाजका लागि दिनुभएको योगदानको प्रशंसा गर्दै यस किसिमका शिविर तथा सचेतना कार्यक्रमवाट स्थानीयहरुले लाभ लिन सफल भएको भनाई राख्दै उनले यस्ता कार्यक्रमहरुलाई आगामी दिनहरुमा पनि निरन्तरता दिन आग्रह गरे ।
कार्यक्रममा वडा न-८ का वडाध्यक्ष इश्वरी श्रेष्ठ,पब्लिक मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोला साह सोनार, प्रअ सुवास यादव ,समाजसेवी नारायण जोशी लगाएतले वोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)