मोटरसाईकल दुर्घटनामा परेर मलंगवामा १ जनाको मृत्यू

Please follow and like us:

अनिता साह
४ आसिन / मलंगवा /
सर्लाहीको मलंगवामा मोटरसाईकल दुर्घटनामा परेर १ जनाको घटनास्थलमै मृत्यू भएको छ । मृत्यू हुनेमा मलंगवा वडा नं. ३ मा बस्ने स्वर्गीय भिकारी राउतको छोरा बर्ष २४ को अजय राउत रहेको छ । पब्लिक स्कुल देखी मलंगबाबा जाने बाटोमा खाल्डोमा परि बि.आर. ३० यू.४११२ नम्बरको मोटरसाईकल दुर्घटना हुदा राउतको घटनास्थलमै मृत्यू भएको हो ।

मोटरसाईकल चालक राकेस पंडित पनि घाइते भएका छन् । माटरसाईकल र चालकलाई जिल्ला प्रहरी कार्यलय मलंगवा नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)