पूर्व साँसद नरेन्द्र साहद्वारा प्रहरीलाई साईकल वितरण

Please follow and like us:

सर्लाही/असोज ३/चौथो संविधान दिवसको अवसरमा पुर्व साँसद एवं समाजसेवी नरेन्द्र साहले जिल्ला प्रहरी कार्यालय सहित सर्लाही निर्वाचन क्षेत्र न-३ का सबै प्रहरी यूनिटलाई सुरक्षा साईकल वितरण गरेको छ। पुर्व सांसद साहले देश र जनताको सुरक्षामा नेपाल प्रहरीको भूमिका अग्रणी रहेको भन्दै सर्लाही निर्वाचन क्षेत्र न- ३ अन्तर्गतका हरिवन, बरहथवा, हिरापुर सहित ४ ओटा ईलाका र सबै प्रहरी चौकीहरुलाई ६० थान सुरक्षा साईकल प्रदान गरेका हुन् । उहाँले सुगम भएर पनि आफ्नो क्षेत्रका प्रहरीलाई सवारी साधनको अभावमा सुरक्षामा खटिन समस्या भएको महसुस गर्दै एउटा सचेत नागरीक,समाजसेवी , पूर्व साँसद र एक व्यवसायीको नाताले प्रहरीलाई साईकल प्रदान गरेको बताउनुभयो ।

तराई क्षेत्र सुगम भएपनि सवारी साधनको अभावमा प्रहरीलाई सुरक्षामा खटिन समस्या भइरहेको त्यसमाथि पनि यश क्षेत्रमा बढी भन्दा बढी अपराधिक घट्ना हुने गरेकाले प्रहरीलाई समयमै घट्ना स्थलमा पुग्न सजिलो होस् भनेर मैले आफ्नो क्षेत्रको सबै प्रहरी यूनिटलाई साईकल वितरण गरेको हुँ भन्नुभयो।

२०७४ सालको संसदीय निर्वाचनमा सर्लाही क्षेत्र न- ३ बाट उम्मेदवार बनेका पुर्व साँसद साह आफुले दिएको साईकलको दुरुपयोग नहुने कुरामा विश्वस्त रहेको बताउनुभयो ।नागरीकको शान्ति सुरक्षामा कटिवद्ध प्रहरीलाई साईकल प्रदान गरेर पूर्व साँसद साहले लगाएको गुण कहिल्यै विर्सन नसक्ने सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले बताए । साँसद साहले प्रहरीलाई दिनुभएको साईकलमा साईरन र लाईट समेत जडान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)