मलंगवामा सरसफाई कार्यक्रम गरी संविधान दिवस मनाईयोे

Please follow and like us:

अनिता साह
असोज ३ / मलंगवा/

आज सर्लाहीको मलंगवामा संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ को अवसरमा सरसफाई कार्यक्रमको आयोजना गरी भव्य रुपमा मनाइयो । प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीको नेतृत्वमा मलंगवा नगरमा सरसफाई कार्यक्रम सम्पन्न भएको थियो ।
सरसफाई कार्यक्रम पश्चात जिल्ला समन्वय समितिको आयोजनामा समितिको सभाकक्षमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरीएको थियो । सो कार्याक्रममा पुर्व सांसद तथा नेपाली काँगे्रसका नेता जंगीलाल रायले संबिधान दिवस तथा राष्ट्रिय दिवस २०७६को अवसरमा शुभकामना दिदै बर्तमान सरकारले दुई तिहाईको दम्भ त्यागेर आदिवासि जनजाति मधेशी लगायत पिछिडिएका बर्गको अधिकारलाई सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । नेता रायले संविधान भनेको कुनै पनि मुलुकको गतिशिल दस्तावेज तसर्थ सबैले मान्ने किसिम बनाउन आवश्यक रहेको टिप्पिणी गर्नुभयो ।


संविधान भने देशको मुटु हो, देशलाई चलाउनको लागि संविधान नभई नुहने हो । संविधानमा केही क्रुटीहरु रहे पनि पहिला सुधार गर्न अग्रसर हुनुपर्छ, लचकता अपनाउनु पर्छ मधेसी जनताले चाहेको हक अधिकारलाई पनि स्थापित गर्दै संविधानलाई संसोधन गर्न तर्फ अग्रसर गर्नपर्छ । बर्तमाण पार्टी दुई तिहाई बहुमतको दम्भमा आदीबासी जनजाती,मधेसी दलितहरुलाई अझ पछाडि पार्न ,सासन गर्न खोजीरहेको आरोप लगाउनुभयो ।


सोही कार्याक्रममा नेकपाका जिल्ला अध्यक्ष रेवती पन्तले संविधान भनेको मुलुक चलाउने मुटु भएको टिप्पणी गर्दै यो गतिशिल हुन्छ , यसका केही धाराहरमा क्रुटी हुनसक्ला । तर त्यो हुदैमा संविधान नै नमान्ने भने कुरो हन्न । केही पक्षहरुमा केही कमी कमजोरी होला तेलाई सच्याउदै अगाडि बढनुपर्नेमा जोड दिनुभयो ।


त्यस्तै सर्लाहीका प्रमुख जिल्ला अधिकारीले संविधानका अन्तर बस्तु केलाउदै आज हामिले पाएको स्वतन्त्रता ,मौलिक हक र वाक स्वतन्त्रता यही संबिधानले दिएको उल्लेख गर्दै उहाँले प्रेस स्वतन्त्रता लगायत संधियता यही संबिधानको देन रहेको टिप्पणी गर्नुभयो । उहाँ यो संबिधान बास्तवै उत्कृष्ट रहेको बताउनुभयो ।


त्यस्तै स्वर्णिम एफ.एम.का अध्यक्ष मनोज यादवले नेपालका संविधान २०७२ मा केही क्रुटीहरु रहे पनि त्यसलाई राजनितीक रुपमा सुल्झाउनु पर्ने बताउनुभयो । सो शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै यादवले यो यसले आदिवासि ,जनजाति ,मधेसी ,मुस्लिम जनतालाई धेरै अधिकार नदिए पनि आज यही संबिधानकै बलमा प्रदेश नं. २मा सत्ता सञ्चालन गर्न सफल भएको उल्लेख गर्र्दै एकातिर संबिधान मानेर सत्ताको उपभोेग गर्ने र अर्कोतिर आम नेपाली जनतालाई संबिधानले अधिकार दिएन भन्दै बिरोधका लागि मात्रै बिरोध गर्न नहुने बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मधु महतोले स्वागत मन्तव्य राखेका थिए भने सो कार्यक्रमका बिभिन्न राजनितिक दलका प्रतिनिधि तथा कार्यालय प्रमुखहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)