लागु औषध सहित मलंगवामा २ जना पक्राउ

Please follow and like us:

अनिता साह
३ असोज / मलंगवा /
सर्लाहीको मलंगवा बाट लागु औषध सहित २ जना पक्राउ परेको छ । पक्राउ पर्नेमा जिल्ला संखुवासभा खाँदवारी नगरपालिका वडा नं. ७ घर भई हाल का.म.न.पा. वडा नं. १६ बस्ने वर्ष १८ को बिपिन थापा मगर र काठमाण्डौँ टोखा नगरपालिका वडा नं. ३ गोगंवु बानियाटार बस्ने १९ को सुमन कार्की रहेको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान १० बजेको समयमा मलंगवा नगरपालिका वडा नं ८ गोरखकालिमा गरिएको नियमित चेक जाँचको क्रममा उनीहरुको साथबाट लागु औषध नाईट्राभेट १५०० ट्याबलेट र डाईजोल्याप ६ पिस समेत फेला परेको प्रहरीले जनाएको हो ।

भारतको सोनबर्षाबाट नेपालको मलंगवा बजार तर्फ आईरहेको अवस्थामा शंका लाग्दा उनीहरुलाई शरिर तलासी गर्दा पक्राउ परेको ईलाका प्रहरी कार्यलय सर्लाहीले जनाएको छ । दुबैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)