अज्ञात ब्यक्तिको गोली प्रहारबाट सर्लाहीमा १ जना गम्भीर घाइते

Please follow and like us:


अनिता साह
२९ भदौ / सर्लाही /
सर्लाहीमा अज्ञात ब्यक्तिको गोली प्रहारबाट १ जना गम्भीर घाइते भएका छन् । घाईते हुनेमा ईश्वरपुर नगरपालिका १० खैरा बजार नजिकै वडा नं ११ करुमुहान बस्ने ३५ बर्षीय राजेश शाहलाई अज्ञात व्यक्तिले गोली प्रहार गर्दा गम्भीर घाइते भएका हुन् ।

शणिबार राति करिब ८ बजेको समयमा खैरा बजारबाट घरतर्फ आउँदै गर्दा वडा नं ११ स्थित उखु बारीबाट अज्ञात ब्यक्तिले गोलि प्रहार गरेको थियो । गोली प्रहारबाट साहलाई नाईटोको छेउमा गोली लागेकोले अवस्था चिन्ताजनक रहेको ईलाका प्रहरी कार्यलय केशरगंजले जनाएको हो ।

घाइते राजेश साहलाई अमृत हेल्थ केयर बयलवासमा सामान्य उपचार पश्चात थप उपचारको लागि नेशनल मेडिकल कलेज बिरगंज रिफर गरिएको प्रहरीले जनाएको छ । घटना दुखद भएको र गोली प्रहार गर्ने ब्यक्तिको खोजी कार्य तिव्र रुपमा भइरहेको जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक गोपाल चन्द्र भट्टराईले जनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)