केन्द्रको समायोजन स्थानिय तहले नमान्दा कर्मचारी अलपत्र

Please follow and like us:

भदौ २३ गते । नेपाल सरकार संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन गरी पठाएकालाई स्थानिय तहले नमान्दा समायोजनमा परेका कर्मचारीहरु अलपत्र पर्ने गरेको छ ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट समायोजन भई मलंगवा नगरपालिकामा आएका कर्मचारीलाई नगरपालिकाले हाजिरी नगराएपछि उनीहरुको अहिले बिच्चली भएको छ ।
हाजिरी गराउनुको साटो उल्टै फिर्ता पठाउने निर्णय गरेपछि ३ जना कार्यालय सहयोगी अलपत्रमा परेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयमा साबिक दरबन्दी रहेको गया प्रसाद चौधरी, राम भरोसे राय र गौरीशंकर महतो अलपत्रमा परेका हुन् । नगरपालिकामा हाजिरी हुन गएपछि करारमा भर्ना गरिएका कर्मचारी हट्ने डरले हाजिरी नगराएको उनीहरुको आरोप रहेको छ ।
‘भदौ १३ गतेको समायोजन निर्णय अनुसार आफुहरु नगरपालिकामा हाजिरी हुन आएका थियौं’, राम भरोसे रायले भने, ‘एक हप्तापछि हाजिरी नगराई उल्टै कर्मचारी फिर्ता पठाएको चिट्ठी हातमा पर्यो ।’ आफुहरुलाई हाजिरी नगराएपछि अब कहाँ गएर काम गर्ने भन्ने चिन्ता लाग्न थालेको रायको गुनासो रहेको छ । आफ्नो आसेपासेलाई करारमा जागिर दिएको छ । हामी गएपछि उनीहरुको जागिर हट्नो भएपछि आफुहरुलाई हाजिरी नगराएको रायको आरोप रहेको छ ।
हाजिरी नगराएपछि बुढेस कालमा कहाँ जाने हो केही ठेगान नभएको गया प्रसाद चौधरीले बताए । जागिरको सुरुवातदेखि नै मलंगवामै जागिर थियो । सामायोजन भएरपनि मलंगवामै आएपछि खुशी लागेको थियो । तर, नगरपालिकाले हाजिरी गराउनुको साटो उल्टै फिर्ता पठाएपछि दःख लागेको चौधरीले बताए ।
सामायोजन भएर आएको कर्मचारीलाई हाजिरी नगराई किन फिर्ता पठाएको हो भन्नेबारे बुझ्न खोज्दा नगरप्रमुख निरसल साह र कार्यालय प्रमुख होमनाथ सुबेदीको मोबाइल स्वीच अफ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)