ट्रकको ठक्करबाट चितवनमा १ जनाको मृत्यु

१५ भदौ / चितवन /
ट्रकको ठक्करबाट चितवनमा १ जना मानिसको मृत्यु भएको छ । शनिबार राति पौने १२ बजे रत्ननगरमा ट्रकको ठक्करबाट १ जना पैदलयात्रीको मृत्यु भएको छ । पुर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं ४ शिवचोकमा ना ७ ख ९२३२ नम्बरको ट्रकले पैदलयात्रीलाई ठक्कर दिदा उनको मृत्यू भएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ट्रकको ठक्करबाट ५१ वर्षीय पुरुष व्यक्तिको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । पैदलयात्रीलाई ठक्कर दिने ट्रक प्रहरीको नियन्त्रणमा रहेको छ भने मृतक पुरुष व्यक्तिको नाम, थर, वर्तन खुल्न नसकेको प्रहरीले जनाएको छ । मृतक पुरुषको शव भरतपुर अस्पतालमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *