लागू औषधसहित वीरगंजबाट २ जना भारतीय नागरिक पक्राउ

Please follow and like us:

अनिता साह
१२ भदौ / वीरगञ्ज /
लागू औषधसहित वीरगंजबाट २ जना भारतीय नागरिक पक्राउ परेको छ । विहीबार खाने तेलको ग्यालेनमा लागू औषध लुकाएर ल्याउँदै गरेका दुई जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मोतिहारी जिल्ला मोर्जे–२० का ३५ बर्षीय धर्मेन्द्र साह र १८ बर्षीय पिन्टु कुमार पासवान रहेको हो । ग्यालेनभित्र डाईजेल्याब ४ सय थान, नोफिन ३९० थान, फेनारगन ४ सय १० थान राखेर शिलवन्दी गरेर ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको उनले बताए ।

रक्सौलबाट वीरगञ्ज आउँदै गरेको अवस्थामा धारा तेलको ग्यालेनमा शिलबन्दी गरी अवैद्य लागूऔषधसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायव उपरीक्षक अमर खत्रीले बताए । अटोमा चेकजाँच गर्दै थियौं, झोलाको बीचमा धारा तेलको ग्यालेन, लौका, घिरौँला, करेला लगायत तरकारी एक दुई पीस मात्रै थियो ।

रानी तेलको बट्टामा यसअघि पनि मकवानपुरका एक व्यक्तिले कोरेक्स सहित पक्राउ परेको अनुभवले उनीहरु पक्राउ परेको उनले बताए । पक्राउ परेका दुवैजनालाई लागू औषधसहित आवश्यक कारबाहीका लागि लागु औषध नियन्त्रण व्यूरो कार्यालय वीरगञ्जलाई बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)