पोखरामा छुट्टाछुट्टै दुर्घटनामा परी २ को मृत्यु, ३ जना घाइते

रञ्जिता शर्मा
१२ भदौ, पोखरा
पोखरामा छुट्टाछुट्टै दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । बुधबार राति पृथ्वीराजमार्ग्स्थित लेखनाथको तालचोकमा भएको अर्को दुर्घटनामा काठमाडौं कीर्तिपुरका २८ वर्षीय थमन पाइजाको मृत्यु भएको छ । ग ३ च १४२२ नंम्बरको मिनीभ्यान र बा ९४प १७०५ नम्बरको मोटरसाइकल राति ९ः४५ बजेको समयमा एकापसमा ठोक्किँदा घाइते भएका पाइजाको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, पोखरा महानगरपालिका–३२, गगनगौंडामा ग ७ प ७४२८ नम्बरको मोटरसाइकल र ग ११ प २३५८ नंको स्कुटर एकापसमा ठोक्किँदा स्कुटरको पछाडि बसेका पोखरा नदीपुर निवासी १८ वर्षीय जगबिन पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए ।

ठक्करपछि ट्रकको चक्कामुनि परेर गम्भीर घाइते भएका पुनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको थियो । सो दुर्घटनामा लेखनाथ भण्डारढीकका विकल सुनार र रुपा–७ का दीपक विक तथा पोखरा अर्चलबोटका निशान गुरुङ घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *