पानी नपर्दा रौतहटका किसानहरु चिन्तीत

मनिषा झा
१२ भदौ / रौतहट /
पानि नपर्दा किसानहरु चिन्तीत भएका छन् । रौतहटको दक्षिणी भेगका किसान बढ़ी चिन्तीत देखिएका छन । खेतमा मेहनत गरेर लगाएको धानबली पानी नपरेको कारण विकास गर्न सकिएको छैन । बिगत २ महीना देखि पानी नपर्दा रौतहटका किसानहरु चिन्तीत भएका छन । गएको आषाढ़ २८ गते आएको भीषण बाढ़ी पछि पानी नपर्दा किसानहरु चिंतामा परेका हुन । धान रोप्ने समयमा पानी परेको र अहिले पानीको नितान्त आवश्यकता भएको बेला पानी नपरे पछि धानको उत्पादनमा कमी आउने डरले किसानहरु सशंकित बनेको हो ।

भाद्र महीना वित्न लाग्दा पानी पानी न परेको कारण धान हुने विश्वास छीन हुदै गएको किसानहरुको भनाइ रहेको छ । सिचाईको सुविधा भएको रौतहटको मध्य भागमा धान हुने अवस्था रहे पानी सिचाई नभएको ठाउमा धान उवजने अवस्था न्यून भएको छ । स्थानीय बिरेन्द्र महतोले यस्तो अवस्था रहे भने धान हुन नसक्ने बताएका छन । सिचाईको सुविधा नभएको सदरमुकाम गौर लगायत ईशनाथ , बौधिमाई , दुर्गा भगवती , राजदेवी , यमुनामाई गाउँपालिका क्षेत्रमा धानको उत्पादनमा कमी आउने सम्भावना रहेको छ । चंद्रपुर नगरपालिका , गरुडा नगरपालिका , गढ़ीमाई नगरपालिका ,माधवनरायण नगरपालिका क्षेत्रमा नहरको सुविधा भएकोले धान बाली हुने अवस्था रहेको छ ।

पानी आउदा पानीको कारण बालीनाली नस्ट हुने गरेको क्षेत्र रहेको छ । पानी नपर्दा खडेरी हुने पर्दा नस्ट हुने गरेको कारण किसानहरु पीडि़त हुने गरेका छन । आकाशे पानी नपरेपछि किसानहरु अहिले दमकल , विधुतीय मोटर प्रयोग गरेर खेतमा पानी हाल्ने गरेका छन । विहानै देखि लाग्ने चर्को घामले काम गर्नमा समेत कठिनाई भइरहेका छन । दिन भरी लाग्ने गरेको घाम र प्रचंड गर्मीको कारण जनजीवन समेत प्रभावित भएको अवस्था रहेको छ । गर्मीको कारण ज्वरोको प्रकोप बढेको जिल्ला अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *