चकलेट चोरेको आरोपमा ३ जना नाबालकलाई वडाअध्यक्षद्वारा चरम यातना

Please follow and like us:

रञ्जिता शर्मा
११ भदौ / कलैया /
पसलवाट चकलेट चोरेको आरोपमा ३ जना नावालकहरुलाई वडाअध्यक्षद्वारा चरम यातना गरेको छ । कलैया उपमहानगरपालिका वडा नम्बर १२ धर्मागरका वडाअध्यक्ष राजेश्वर प्रसाद केशरीले ३ नाबालकलाई चरम यातना गरेका छन् ।स्थानिय हिरा साह केशरीको पसलबाट सोहि वडा निवासी रामपुजन मण्डलका ९ बर्षिय छोरा रुपेश मण्डल, जग्गा पासवानका १० बर्षिय छोरा गुलसन पासवान र नथुनी साहका ११ बर्षिय छोरा राहुलले भदौ २ गते चकलेट चोरेको आरोपमा कुटपिट गरि टाउको मुण्डनगरि गाँउमा समेत घुमाएको घर्मनगरका पुर्व गाबिस उपाध्यक्ष सहिम हवारीले जनाए ।

तीनीहरुलाइ आफनो घरमा थुनेर वडा अध्यक्षल चरम यातना दिएको पीडितहरुको आरोप छ । वडाअध्यक्ष केशरीले पीडितहरुसित जनही एक हजारको दरले जरिवाना समेत लिएका हुन् । गुलसन स्थानिय ज्ञान मन्दिर एकेडेमीमा यू केजीमा र राहुल एल केजीमा अध्ययन गरिरहेका छन ।पीडितका अभिभावकहरुले मंगलवार पत्रकार सम्मेलन गरी घटनालाई सार्वजनिक गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)