वीरगंजमा दुरावस्थाले दुर्घटनाको जोखिम बढदै, सडक मर्मतको माग गर्दै प्रदर्शन

Please follow and like us:

मनिषा झा
११ भदौ / वीरगंज
वीरगंजमा दुरावस्थाले दुर्घटनाको जोखिम बढेको भन्दै सडक मर्मतको लागि माग गर्दै प्रदर्शन गरेको छ । मंगलबार साझ जीर्ण सडक मर्मतको माग गर्दै वीरगञ्जमा प्रदशर्न भएको छ । वीरगंजको मुख्य बजार क्षेत्र हुँदै निस्केको सडक जीर्ण भएको छ । नेपाल विद्यार्थी (नेवि )संघसँग आवद्ध युवा विद्यार्थीले सडकको दुरावस्थाले दुर्घटनाको जोखिम बढेको भन्दै वीरगंजको श्रीपुरमा प्रदर्शन गरेका हुन ।

विरोधको क्रममा उनीहरुले वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीको विरोधमा नाराबाजी समेत गरेका थिए । विरोध प्रदर्शनका कारण त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगंजको मुख्य सडकमा सवारी आवागमन ठप्प हुँदा केहीबेर सवारीको जाम लागेको थियो । विशेषगरि पावरहाउसदेखि घण्टाघर र छपकैयादेखि मितेरी पुलसम्मको सडकखण्डको अवस्था राम्रो छैन । मुख्य सडक जीर्ण हुँदा पनि मर्मत नगरी सरोकारवाला मौन बसेकोले विरोध गर्नुपरेको नेवि संघ पर्साका सचिव समिर मन्सुरीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)