सरकारी कार्यालयलाई सक्रिय र जनसेवामुखि बनाउन अभियान चलाउछु : प्रजिअ–जिसिको भनाई

Please follow and like us:


११ भदौ / सर्लाही /
सरकारी कार्यालयलाई जवाफदेही र जनसेवामुखि बनाउन अभियान चलाउछु सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन जीसीले बताउनु भएकोछ । सबै कर्मचारी राष्ट्रियगानको धुनमा उठ्छन् र कामकाज शुरु गर्छन् । राष्ट्रियगानको शुरुआतबाट कार्यालयको कामकाज शुरु गर्ने मात्रै होइन, सबै कर्मचारीको ढोका र कोटमा नेमप्लेट झुण्ड्याइने ।

जिल्ला प्रशासन कार्यालयमा बिहान १०ः०० बजे नै राष्ट्रियगान बज्छ । कार्यालय सहयोगीदेखि सिडिओ सम्मको कोटमा नेमप्लेट झुण्डिएपछि सेवाग्राहीले सेवा लिने व्यक्तिको पहिचान गर्न सहज हुने र सबैलाई जवाफ दिने विश्वास सहित कार्यालयमा यस्तो व्यवस्था लागु गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय सरकारी निकायलाई जवाफदेही र सुशासनमैत्री बनाउने अभियानमा लागेको छु, प्रजिअ जीसीले भने ।

कार्यालयले वेवसाइटमा नागरिकलाई आवश्यक पर्ने सबै खालका सुचना र सन्देश सरलरूपमा राख्न शुरु गरेको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयले आफ्नो कार्यालयमा मात्रै होइन, जिल्लाभित्रका सबै सरकारी कार्यालयमा सुशासन, पारदर्शिता र जवाफदेहिता वृद्धिका लागि अभियान नै शुरु गर्न लागेको छ ।

प्रशासनले आफ्नो कार्यालयले गरेका कामलाई तत्काल वेवसाइट मार्फत सार्वजनिक गर्ने प्रयास गरिने सँगै अन्य सबै सरकारी कार्यालयलाई सुशासन प्रवद्र्धनका निम्ति निर्देशन दिएको जनाएको छ । प्रशासनले दिएको निर्देशनमा सुचना अधिकारी तोक्नेदेखि मासिक खर्च विवरण र कार्य प्रगति सार्वजनिकीकरण गर्ने रहेका छन् । यो अभियानको सशक्त रुपमा थालिनि गरे संगै सरकारी कार्यालयहरुको अनुगमनको कार्य नियमित गर्ने प्रजिअ जीसीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)