सर्लाहीको एक बिद्यालयमा झडप हुदा २ जना घाइते

Please follow and like us:

अनिता साह
१० भदौ / सर्लाही /
सर्लाहीको हरिपूर्वा नगरपालिकाको एक विद्यालयमा झडप हुदा २ जना घाइते भएको छ । हरिपुरवा नगरपालिकाको वडा नं. ५ स्थित रहेको हरिपूर्वाको केश्वर गरिब जनता माविमा दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । सोमबार हरिपुर्वाको एक विद्यालयमा अभिभावक भेलामा झडप भएको हो । विद्यालयका प्रधानाध्यापक ले बोलाएको अभिभावक भेलाको क्रममा दुई पक्षबीच झगडा हुँदा दुई जना समान्य घाईते समेत भएको जनाइएको छ ।

केश्वर गरिब जनता माविमा हिजो दिउँसो आह्वान गरिएको अभिभावक भेलामा झडप हुँदा २ जना गम्भीर घाइते भएका छन् । झडपमा गम्भीर घाइते हुनेमा हरिपूर्वा नगरपालिका–१ का ३० वर्षीय मनोज राय यादव, र अध्यक्ष ३१ वर्षीय खगेन्द्रप्रसाद यादव रहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिए । टाउकोमा चोट लागेर गम्भीर भएका दुवैजनालाई उपचारका लागि जनकपुर अन्चल अस्पतालमा पुर्याइएको छ । गत शुक्रबार राति सिभिल ईन्जिनियरिङ विषयका तीनजना शिक्षकको परीक्षा लिएर नतिजा समेत प्रकाशन गरिएपछि असन्तुष्ट समूह र प्रधानाध्यापक फेकु राय पक्षबीच झडप भएको एक स्थानीयले जानकारी दिए ।

त्यस्तै सुन्दरपुर मावि चक्रघट्टाबाट सरुवा भई आएका शिक्षक धनेश्वर साहलाई विद्यालयमा हाजिर गराउने विषयमा समेत अभिभावक भेलामा विवाद भएको बताइएको छ । भेलामा छलफल सुरु हुने बित्तिकै विवाद बढेको र कुटाकुट हुँदा दुईजना घाइते भएको बताइएको छ । प्रअ रायको सरुवा हुनुपर्छ भन्ने पक्ष र अर्को पक्षबीच झडप भएको स्थानीय बासिन्दाले बताएका छन् । समाजवादी पार्टीका नेता कार्यकर्ता एक पक्ष र नेपाल कम्युनिष्ट पार्टी एवं राष्ट्रिय जनता पार्टीका नेता कार्यकर्ता विपक्षमा रहेको एक स्थानीयले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)